गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन भने पोखरासमेत फर्किन पाएको छैन ।

अविरल वर्षापछि आएको बाढीपहिरोले पीडितलाई औषधी, खाद्य सामग्री, टेन्सलगायत राहत लिएर मुख्यमन्त्रीसहितको टोली बिहीबार दिउँसो मनाङ गएको थियो ।

गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्रीसहितको टोलीमा मन्त्री राजीव गुरुङ, मनाङका सांसद चिन्तबहादुर घले, सञ्चारकर्मी संलग्न छन् ।

नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा टोली फर्केने योजना रहेकोमा मौसममा आएको खराबीले गाह्रो भएको गण्डकी सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

प्रभु एअरको हेलिकोप्टर मनाङको बगरछापमा अवतरण भएको छ । यसअघि, नेपाली सेनाको हेलिकोप्टरले ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको बिहीबार हेली उद्धार गरेको छ । मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकोप्टर जान सकेको थिएन ।

यसैबीच, मुख्यमन्त्री गुरुङले उद्धारमा खटिएको हेलिकोप्टर होल्ड गरेर अवलोकन भन्दै निस्केकोमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।

यसैबीच, प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

यसैबीच, मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिए ।

प्रदेश सरकारले प्रदेशका कुल ११ मध्ये ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको थियो ।

३५ जनाको हेली उद्धार

विगत ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको बिहीबार हेली उद्धार गरिएको छ । मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकोप्टर जान सकेको थिएन ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पाल्तेन छोपाङ गुरुङको पहलमा सो उद्धार सम्भव भएको हो । उनीहरुलाई त्रिपाल, टेन्ट, पानी लगायत सामग्री प्रदान गरिएको छ । चामेमा खानेपानी अभाव भएपछि हेलिकोप्टरबाटै पानी लगिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ