कोरोना त्रास : राष्ट्रपति भण्डारी संखुवासभा आउने कार्यक्रम स्थगित

संखुवासभा । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सभा, सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम स्थगित भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्बिका माध्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सब तथा हिरक महोत्सव उद्धघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बोलाइएको थियो ।

कोरोना सङ्क्रमण नेपालमा समेत फैलन सक्ने अवस्था भएपछि सरकारले सभा,सम्मेलन जस्ता कार्यक्रममा रोक लगाएपछि फागुन २९ गते राष्ट्रपति भण्डारी आउने कार्यक्रम स्थगित गरिएको मनकामना माविका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले जानकारी दिए । मनकामना विद्यालयको ६१ औं वार्षिकोत्सब तथा हिरक महोत्सव गत माघ १५ भएपनि राष्ट्रपतिको समय ब्यस्तताका कारण सर्दे आएको थियो ।

राष्ट्रपति भण्डारी विद्यालयको महोत्सवमा सहभागी भएपछि पूर्वको चर्चित धार्मिक स्थल मनकामना र योगमायाको तेह त्याग गरेको स्थान भोजपुरको षडानन्द नगरपलिका –१ मझुवाबेशी समेत पुग्ने कार्यक्रम तय भएको थियो ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले जिल्लाका १० वटै स्थानिय तहमा राखिएको औपचारिक कार्यक्रम सभा, सम्मेलन जस्ता कार्यक्रम संचालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाल दुलालले बताए । भोटखोला गाउँपालिका चीन सँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरिसकेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि चीनले गत माघ ५ गते देखि अनिश्चितकालका लागि उत्तरी क्षेत्रको किमाथांका नाका बन्द गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै