अर्जेन्टिनाको जीतमा गोलकिपर मार्टिनेज नायक

रियो दि जेनेरियो । कोपा अमेरिका फुटबल अन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित ग¥यो । अब उपाधि भिड्न्तका लागि आइतबार बिहान ५ः४५ बजे अर्जेन्टिनाले आयोजक ब्राजिलसँग खेल्नेछ ।

निर्धारित समयभित्र दुवैतर्फ १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टिनेजले गोल गरे । दोस्रो हाफको ६१ औं मिनेटमा लुइस डाइजले कोलम्बियाका लागि गोल फर्काएपछि खेल बराबरीमा सकियो ।

कोलम्बियाको तीनवटा पेनाल्टी रोकेर अर्जेन्टिनाका इमिलियानो मार्टिनेज नायक बने । प्रिमियर लिग आर्सनलबाट व्यवसायिक फुटबल खेल्ने मार्टिनेजले दोस्रो, तेस्रो र पाँचौं पेनाल्टी रोकेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न