कोरोनाको एक मात्र विकल्प-खोप

 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिदाइ मन्तव्यमा असार २९ गते नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद सम्झौता गरेको बताएका थिए । जोन्सन एन्ड जोन्सनबाट ६० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनिकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख मात्रा खोपको खरिद सम्झौता भएको बताए । त्यस्तै, जापानबाट कोभ्याक्समार्फत् १६ लाख एस्ट्राजेनिका आजै निर्णय भएको बताए । यस्तै, कोभ्याक्स सुविधामार्फत ३ लाख ५० हजार आउन थालेको बताए । बालबालिकालाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरिद प्रक्रियामा रहेको बताएका थिए । चीनबाट अनुदान १८ लाख र खरिद ४० मध्ये ८ लाख तथा भारतबाट अनुदान ११ लाख र खरिद १० लाख आई लगाइसकेको बताए । नया“ सरकारले पनि असोजसम्म एक तिहाइ र चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाउने तयारी गरेको बताइसकेको छ ।

खोपको प्राथमिकता

नेपाल सरकारको प्राथमिकता सूचीमा पहिलो स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ता छन् । जुन कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजार ३ सय ४२ छन् । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी १२.२९ प्रतिशत अर्थात् ३७ लाख ३३ हजार ४ सय ६३ जना छन् भने क्रमशः तेस्रो ४० देखि ५४ वर्षका दीर्घरोगी ३.६८ प्रतिशत अर्थात् ११ लाख १७ हजार ९ सय १२ छन्, चौथो वरीयताका माइग्रेन्ट वर्कर १ प्रतिशत वा ३ लाख १२ हजार ८ सय ९४ छन् । पाँचांैमा ४० देखि ५४ वर्ष उमेर समूहका ९.५५ प्रतिशत अर्थात् २९ लाख २ हजार १ सय ४ छन् भने छैटांै अर्थात् अन्तमा १५ देखि ३९ वर्ष उमेर समूहका ४२.५५ प्रतिशत अर्थात् १ करोड २७ लाख ८० हजार ४८ छन् । २ मात्राको र १० प्रतिशत खेर जान सक्ने तथ्यसहित खोपको मात्रा निर्धारण गरिएको छ ।

करिब साढे ३७ लाखमध्ये २६ लाखले पहिलो मात्रा खोप लिँदा एक तिहाइ बढी बाग्मती प्रदेशका छन भने दोस्रो मात्रा लगाउने ११ लाखमध्ये झन् ६० प्रतिशत बढी बाग्मतीकै छन् । जसले खोपको समतामूलक वितरण नभएको तथ्य उजागर गर्छ । काठमाडांैमा १८ वर्षीय युवा खोपको लाइनमा उभिँदा पहाड तथा गाउँमा रहेका ज्येष्ठ नागरिक टुलुटुलु हेरिरहनुपर्ने हुनुहुँदैन । त्यस्तै खोप शुभारम्भ भएको पाँच महिना बढीमा केही प्रतिशतलाई मात्रै खोप लगाइएकाले यस्तै गतिमा लक्षित वर्ग ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउन १२ वर्ष लाग्ने देखिन्छ । साढे १३ लाख कोभि सिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । नाम दर्ता गरिसकेका पनि साढे १३ लाख नै छन् ।

अब सरकारले निषेधाज्ञा र लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउने भन्दा पनि खोप व्यवस्थापनमा ध्यान दिन जरुरी छ

नेपाल सरकारले असार २९ गते देखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ५५ वर्षमाथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारी तथा अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बा“की र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगायो । त्यस्तै, कोभ्याक्स सुविधाअन्तर्गत आएको अमेरिकी खोप जेन्सनको १५ लाख ३४ हजार ८ सय ५० मात्रा ५० देखि ५४ वर्ष उमेर समूह, नेपालमा बसिरहेका शरणार्थी, पूर्ण र अति अशक्त अपांगता अर्थात् वर्ग ‘क’ र ‘ख’ यसअघि खोप लगाउन छुटेका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई साउन ४ बाट लगाउँदै छ ।

भाइरसलाई घेराबन्दी

जनसख्यालाई कोरोनाविरुद्ध लड्न सक्षम बनाउनु अर्थात् हर्ड इम्युनिटीको विकास गर्नु हो तर त्यसका लागि कम्तीमा ७० प्रतिशत जनसंख्यामा कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्नेहुन्छ । जसका लागि पहिलो ठूलो जनसंख्या रोगबाट संक्रमित हुनुपर्छ । दोस्रो रोगविरुद्धको खोप प्राप्त गर्नुपर्छ । पहिलो उपाय ठेउलामा लागू भयो । जानीजानी ठेउला लगाई प्रतिरोधी क्षमता बनाउन सके तर कोरोनामा यसको अन्य फ्लुभन्दा १० गुणा बढी जटिलता, जोखिम समूह, मृत्यृदरले गर्दा यसो गर्न सम्भव छैन, त्यसैमा नेपालको कमजोर स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले धान्न सक्दैन ।

जति मानिस इम्युन हुन्छन्, त्यति नै संक्रमण फैलिने दायरा साघ“ुरिदै जान्छ । जसबाट संक्रमणमा नपरेका र त्यस बिमारीका लागि इम्युन नभएका मानिस पनि सुरक्षित हुन पुग्छन् । अधिकांश मानिस भाइरसबाट इम्युन भएपछि उनीहरूको झुन्ड हर्ड बीचमा रहेका अन्यमा संक्रमण पुग्न पाउँदैन र त्यसको फैलावट रोकिन्छ ।

नेपालमा २ मात्रा खोप लगाएकामा २ हप्तापछि संक्रमण नभएको र भए पनि अस्पताल भर्ना हुनुपरेको छैन भने मृत्यृको त कुरै आएन । पहिलो मात्रा मात्रैले पनि अस्पताल भर्ना र मृत्य हुन नदिएको दोस्रो लहरमा ज्येष्ठ नागरिकमा देखिएको छ । भारतमा एक थिंक टयांक संस्था एनआईटीआईले गरेको खोजमा कोभिडको दुवै डोज खोप लगाउँदा कोभिडबाट हुने मृत्यृमा ९८ प्रतिशत सुरक्षा हुने अध्ययनले देखाएको छ । एक मात्राले पनि कोरोना संक्रमणबाट हुने मृत्यृबाट ९२ प्रतिशत जति सुरक्षा दिन्छ । ३ जुलाई २०२१ मा सार्वजनिक पञ्जाबका प्रहरीमा गरिएको खोज रिर्पाेटमा कोरोनाविरुद्धको खोपले कोरोना लाग्न नदिने भन्दा पनि कोरोना लागिसकेपछि मृत्यृबाट बचाउन निकै प्रभावकारी देखाएको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व छोटोछोटो समयमा फेरिरहेका कारण पनि नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकिरहेको छैन

चुनौती

नेचर मेडिसिन जर्नलमा प्रकाशित १९ देशका १३ हजार बढीमा गरिएको सर्वेक्षणमा कोरोनाको खोप ७१.५ प्रतिशतले लगाउने १४ प्रतिशतले सिधै नलगाउने र बा“की १४ प्रतिशतले खोप लगाउनेमा सन्देह व्यक्त गरेका थिए । ल्यान्सेटमा एमएमआर खोपको साइड इफेक्ट अटिज्म भनेर १३ अनुसन्धानकर्ताको लेख प्रकाशित भएपछि धेरै देश तथा खोजकर्ताले विरोध जनाएपछि ४ महिनापछि हटाएको थियो । नेपालमा पनि षडयन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरू कोरोना केही होइन भन्ने हावा फैलाइरहेका छन् । त्यस्ता अतिवादीले खोपलाई साम्राज्यवादीको पैसा लुटने मेलो भन्दै छन् । तसर्थ, स्वास्थ्य सरोकारवालाले जनचेतना जगाउने, भ्रम चिर्ने र कट्टर धार्मिक नेतालाई खोप लगाउन प्रेरित गर्न जरुरी भएको बेला दोस्रो लहरले धेरै हदसम्म चिरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भिœयाउन सकेको छैन । यद्यपि सुरुमा अनुदानका खोपमा भर परेर सरकार बस्यो । कोरोना महामारीयता चार जना स्वास्थ्यमन्त्री भइसकेका छन्, बारम्बारमन्त्री परिवर्तन हँुदा दाता र खोप उत्पादनकर्ताले पत्याउन छाडेका छन् । संक्रमण सुरु हँुदा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए भने २०७७ पुस १० मा ह्दयेश त्रिपाठी, २०७८ जेठ २१ मा सेरबहादुर तामाङ जो १९आंै दिनमा पदमुक्त भएपछि असार १० गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ तब असार २९ मा स्वयं नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री भए ।

अन्तमा, कोरोना भाइरसको भेरियन्टको फरक फरक रूप पनि विगत २ वर्षदेखि भोगिँदै आएको छ । दुईपटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डका विषयमा आजसम्म सबै नागरिकलाई राम्रो ज्ञान छ, बुझेर पनि नअपनाउनु फरक कुरा हो । जसका कारण लकडाउन खुलेसँगै संक्रमणदर बढेको छ । आजसम्मको उत्तम विकल्प भनेकै पहिलो खोप छ र अन्यमा सामाजिक दूरी, मास्क, सेनिटाइजरको प्रयोग र साबुनपानीले हात धुनु, आफूलाई स्वस्थ राख्न प्रयास गर्नु छ । तसर्थ अब निषेधाज्ञा र लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउनेभन्दा सबैलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्न र नागरिक जनस्वास्थ्य सुरक्षाप्रति आफैं सचेत बन्नैपर्छ ।

(रोटेरी क्लब अफ महाराजगन्जका अध्यक्ष डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

 

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने