हिमालय एयरलाइन्सका कर्मचारीद्वारा बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण

काठमाडौं । हिमालय एयरलाइन्सका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि स्वेच्छिक रूपमा संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको छ।

कर्मचारीहरूले संकलन गरेको रकम हिमालय एयरलाइन्सका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) लाई हस्तान्तरण गरेका हुन्।

बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कर्मचारीहरूले गरेको यो सामूहिक पहलले विपद्को समयमा पीडितका साथमा उभिने प्रतिबद्धता र एकताको भावना प्रतिबिम्बित गरेको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न कर्मचारीहरू एकजुट भएर सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध छन्।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा एक्लिँदै शेरबहादुर देउवा