काठमाडौं । माथिल्लो त्रिशूली १ को सुरुङभित्र हिजो शुक्रबार १८ वटा शव फेला परेको छ ।
शुक्रबार दिउँसो १३ वटा शव भेटिएकोमा साँझ थप ५ वटा शव भेटिएको हो । साँझ भेटिएका ५ वटा शव भने टनेल बाहिर निकाल्न बाँकी छ । अडिट–३ को करिब १०० मिटरभित्रको सुरूङमा ती शव फेला परेका हुन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा १८ वटा शव फेला परेको जनाए ।
बाढी आउँदा आयोजनाको सुरुङभित्र कति जना मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
यहाँ एक हजार ४३३ जना कार्यरत रहेकोमा बाढीपछि ४९२ जना सम्पर्कविहीन छन् । कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
मेलाबाट उठेको रकम पर्यटनमा लगानी






