प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह मन्त्रालयले लोकगायक प्रकाश सपूत र लोकगायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण गर्न सद्भावना दूतका रूपमा बिहीबार नियुक्त गरेको हो ।

बिहीबार गृहमन्त्रालयले सिंहदरबारमा पत्रकार भेटघाट आयोजना गरी विपद् जोखिम न्यूनीकरण सद्भावना दूतका रूपमा प्रकाश र सुनितालाई नियुक्त गरेको जनाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्त विश्वप्रकाश अर्यालले पत्रकार भेटघाटका क्रममा भने, ‘उनीहरू दुवै जना लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक–गायिका हुन् । उनीहरूले गीतसंगीतका माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

गायक प्रकाश सपूतले आफूलाई जोखिम न्यूनीकरणको सद्भाव दूतका रूपमा नियुक्त गरेकोमा खुसी व्यक्त गरेका छन् । वर्षा सुरु भएसँगै हरेक वर्ष विपद् बढ्ने भएकाले जनचेतनामार्फत विपद् कम गर्न सकिने कथन गायक सपूतको छ । उनले गीतसंगीतबाट विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी