भर्जिनिया (अमेरिका) । लामो समयदेखी अमेरिकाना रहेर पत्रकारिता गरिरहेका पत्रकार बिकासराज न्यौपाने नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा निर्वाचित भएका छन । (नेजा )को अमेरिकामा भएको सातौँ अधिवेशनले विकासराज न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आइतबार अपरान्ह सम्पन्न निर्वाचनमा न्यौपानेले ३८ मत पाए भने निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत पाएका छन् । अर्का उम्मेदवार अनुज थापाले २१ मत पाएका थिए ।
उपाध्यक्षमा मच्छेदेवी गुरुंग ६१ मत सहित विजयी भएकी छिन् । महासचिवमा सुरज भण्डारी विजयी भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)






