‘बोल्ड एन्ड ब्युटिफुल’ शिवांगिनी

काठमाडौं । एक्रेलिक रङ र प्रकृति समिश्रित घोल । अर्धमूर्त र अमूर्त शैली । माइतीघर सिद्धार्थ आर्ट ग्यालरीको भित्ता ‘मधुमास’ फिल्मकी नायिका शिवांगिनी राणाका यिनै कलाभंगीले सजिएको छ । एक्रेलिक माध्यम पछ्याउँदै परिवर्तनशील प्रकृति प्रवृत्ति उनका क्यानभासमा पोखिएका छन् ।

कोरोना महामारीबीच प्रथम एकल चित्रकला प्रदर्शनी ‘बोल्ड एन्ड ब्युटिफुल’ लिएर आएकी शिवांगिनीले एक वर्षअघि नेपालगन्जको होटल वाटिकामा ‘आर्ट ग्यालरी’समेत खोलेकी थिइन् । त्यसैबेला विमल प्रधानसँग उनले संयुक्त कला प्रदर्शनीसमेत गरिन् । उनका कला अमेरिका, बेलायत, अष्ट्रेलिया, भारतलगायत देशमा समेत संग्रहित छन् ।

सिद्धार्थको प्रदर्शनमा शिवांगिनीका ५५ चित्र राखिएका छन् । ७० प्रतिशत कला बिक्रीबाट उत्साहित शिवांगिनी व्यवसायिक कलाकार नभए पनि चलिआएको कला प्रवृत्तिभन्दा पृथक शैलीमा काम गर्ने सोच पाल्छिन् । उनले आफ्ना सिर्जनलाई ‘गार्डेन अफ इभ’, ‘होप’, ‘विन्टर रोज’, ‘ब्रेकिङ साइलेन्स’, ‘बटरङ्खलाई अब्स्ट्राक्टेड’, ‘फायर एन्ड आइस’, ‘पिंक स्काई’, ‘डान्स अफ द वर्ड’, ‘ग्यालेक्सी’, ‘बोल्ड एन्ड ब्युटिफुल’लगायत शीर्षक दिएकी छन् ।

‘मेरा चित्र सामाजिक विषयवस्तु केन्द्रित छन्,’ शिवांगिनी भन्छिन्, ‘सानै हुँदाको जिज्ञासा पनि क्यानभासमा उतारेकी छु ।’ हुन पनि ‘गहना’ शीर्षकको कलामा उनको त्यही अनुभूति छताछुल्ल महसुस हुन्छ । मनिषा कोइरालाले गत २५ असारमा घुम्टो उघारेको प्रदर्शनी १५ सम्म हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

'आउँछु' भनेर परदेशिएका छत्रबहादुर ६ वर्षपछि बाकसभित्र फर्किए