यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं । अहिले समाजमा राजनीतिक, प्रशासनिक एवं विभिन्न व्यक्ति एवं व्यक्तित्व’bout विश्लेषण, टीकाटिप्पणी वा आलोचना हुने गरेको छ । अरूको खेदो खन्ने, खुट्टा तान्ने र अरूको प्रगतिमा आहारिसे गर्ने संस्कृति नेपाली समाजमा धेरै अगाडिदेखि हुने गरेको पाइन्छ । अझै राजनीतिमा यो संस्कृति भीमसेन थापाको पालादेखि इतिहासका पुस्तकमा नै दस्तावेजीकरण भएको छ । राणाकालको उदयका प्रकरणदेखि उनीहरूको शासनकालका १ सय ४ वर्ष पनि षड्यन्त्र, कलह र खिचातानीमै बितेको इतिहास छ । तत्पश्चात् प्रजातन्त्रको उदय २००७ सालपछि हालसम्म पनि विभिन्न रूप एवं प्रकरणमा यो महारोगले नेपाली समाजलाई गाँजेको छ ।
यो मुलुकमा चाहिनेभन्दा धेरै नेता छन् । परन्तु, सक्षम राज नेताको अभाव छ । अहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । उनी प्रधानमन्त्री हँुदा समाजमा खासै उत्साह देखिँदैन । ’cause यो उनको प्रधानमन्त्रीको पाँचांै कार्यकाल हो । उनी प्रधानमन्त्री हुँदा गरेका क्रियाकलाप नेपाली समाजले देखेको छ । भोगेको छ, सुनेको छ । तथापि, इतिहासको कमीकमजोरीबाट पाठ सिकेर उनले अत्यन्त प्रभावकारी काम गर्न सकून् । जनताको शुभकामना छ । त्यसो त राजनीतिमा सरकारको ९० दिनलाई हनिमुन समय पनि भन्ने गरिन्छ । अहिले नै उनको आलोचना गर्न हतारो हुन्छ । परन्तु बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उनको कार्यशैली दूरदर्शिता देखिँदैन । उनले स्वास्थ्य ऐनविपरीत झलनाथ खनाललाई सरकारी कोषबाट उपचार खर्च दिने निर्णय गरे । यसैगरी, उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर जनमतको खिल्ली उडाएको भन्ने आलोचना भएको छ । अहिलेको गठबन्धन सरकारमा लामो समय खारिएका, जीवनभर राजनीति गरेका जननिर्वाचित प्रतिनिधिको कमी पक्का पनि छैन । तर, पनि लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका, राजनीतिक योगदान नभएका, स्वास्थ्य विज्ञानको विज्ञता नभएका, जनताबाट निर्वाचित नभएका व्यक्तिलाई राज्यमन्त्री बनाउँदा समाजमा आलोचना भएको हो ।
हाम्रो देशको राजनीति संस्कार विकृत हुनुमा जनताको पनि त्यत्तिकै हात छ । एकातिर समाजमा राज्यले गरेका कमीकमजोरीमा दरोखरो आलोचना भएको पाइन्छ भने अर्कोतिर बोल्नका लागि बोले जस्तो पनि लाग्छ । समाजले राज्यका कमीकमजोरीमा सशक्त ढंगले प्रतिकार गरेको पाइँदैन । अहिलेको खुला समाजमा सामाजिक सञ्जाल, खबर पत्रपत्रिका, इलेक्ट्रोनिक्स मेडिया, लेखक, पत्रकार जगत्ले जनचेतना फैलाएको छ । समाजमा नागरिक समाज, बुद्घिजीवीलगायत सर्वसाधारण जनताको तहमा पनि चिया, चौतारी, मेलापात एवं भेटघाटमा राजनीतिक चियोचर्चा, समालोचना वा आलोचना भएको पाइन्छ । यस दृष्टिकोणबाट हेर्दा राजनीतिमा नेपाली समाजसचेत भएको जस्तो लाग्छ, देखिन्छ । तर, राजनीतिक दल र राज्यबाट हुने गरेका गलत क्रियाकलापविरुद्ध समाज सक्रिय छैन । अर्थात्, हामीहरू सक्रिय छैनौं ।
राज्यले गरेका कमीकमजोरीमा दरोखरो आलोचना भएको पाइन्छ तर पनि बोल्नका लागि बोलेजस्तो भान हुन्छ
अहिले देउवा सरकारले झलनाथ खनाललाई प्रदान गरेको उपचार खर्च स्वास्थ्य र राज्यमन्त्री’bout सामाजिक सञ्जालमा व्यापक असन्तोष व्यक्त भएको छ । तर, समाज एक्सनमा उत्रँदैन । समाजले सशक्त प्रतिकार नगर्ने हुनाले राजनीतिक दल र राज्यले जनताका छरिएका आवाजलाई ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’को शैलीमा अटेर गरिरहेको हुन्छ । ओलि सरकारले बाहिरिँदै गर्दा यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्घि ग¥यो । ओली सरकारको यो अत्यन्तै गैरजिम्मेवार निर्णयको चौतर्फी आलोचना भयो । तर, नेपालीले बस, नचढेर अथवा यातायातको प्रयोग नगरेर यातायात क्षेत्र नै बहिष्कार गर्न सक्यो त ? सकेन । हरेक महिनामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन्छ । एक दुई दिन विरोध हुन्छ । तर, केही समय पेट्रोलियम पदार्थ नकिनेर सरकारको विरोध गर्न सक्छौं त ? सक्दैनौं । यसैगरी समाजका भ्रष्ट नेता वा कर्मचारीलाई सामाजिक बहिष्कार गरेको दृष्टान्त छ त ? छैन । यसरी हेर्दा हामी कुरा गर्न सक्रिय भए तापनि काम गर्न सक्रिय छैनौं भन्ने पुष्टि हुन्छ ।
समाजमा हरेक मानिस, पेसाकर्मी, उद्योगी, व्यापारी, राजनीतिकर्मीलगायतका हरेक क्षेत्रमा संलग्न मानिसले धन कमाउन अनेक प्रपञ्च गरेको देखिन्छ । सुनिन्छ । यही लकडाउनमा तेलजन्य पदार्थको अत्यधिक मूल्यवृद्घि गरियो । खाद्यान्नमा अस्वभाविक मूल्यवृद्घि छ । तरकारीमा त्यस्तै छ । जतिमूल्य बढाए पनि उपभोक्ताले किन्न छाड्दैनौं । खान छाड्दैनौं । जापानमा जस्तो मूल्य बढ्दा केही समय उपभोक्तले खरिद नगरिदिने हो भने सम्बन्धित उद्योगी वा व्यापारीले मूल्य नघटाई सुख पाउने थिएनन् । हाम्रो समाजको यस्तो चरित्र परिवर्तन नहुन्जेल न त राजनीति सप्रिन्छ नत अन्य क्षेत्रहरू । नेपाली समाजको जति जिब्रो चल्दछ, त्यति नै कार्यमा सक्रिय भएको भए राजनीति, प्रशासन, वाणिज्य, व्यापार, निर्माण कार्यलगायतका क्षेत्रमा हुने गरेका विसंगति हटेर जाने थिए ।
विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएको र यसले भ्रष्टलाई नैतिकपतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्छ भनेका छन् । हाम्रो समाजमा यस्तै भइरहेको छ । हरेक क्षेत्रमा नैतिकको प्रश्न उठिरहेको छ । आलोचना, टीकाटिप्पणी भइरहेको छ । तर, सिंगो नेपाली समाज विकृति र विसंगतिविरुद्ध एकजुट भएर सम्बन्धित क्षेत्रको सुधारको लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन । अन्तत्र्रिmया, बहस, छलफल एवं सञ्चार माध्यमबाट पोखिने गरेका नागरिक असन्तुष्टि सम्बन्धित क्षेत्रका लागि ‘कुकुर भुक्दै गर्छ, हात्ति लम्कदै गर्छ’को स्थिति बनेको छ । यसरी नै राज्य चलेको छ । राजनीति चलेको छ । प्रशासन चलेको छ । त्यसैले समाजका भ्रष्ट, दलाली, बिचौलिया, ठग, बेइमान हौसिएका छन् । रमाएका छन् । सम्पत्ति जमाएका छन् । समाजले टुलुटुलु हेरिरहेको छ ।
हामी सचेत र सक्रिय भयौं भने राज्य नागरिकप्रति उत्तरदायी हुन्छ
अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टचार एवं सेटिङ हुने गरेका समाचार आउने गर्छन् । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलीजुली खाने प्रवृतिका कारण देशका संरचना गुणस्तरहीन छन् । भ्रष्टचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको अवस्था छ । देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व र प्रशासकका कारण सुशासन कायम हुन सकेन भन्ने प्रायः नागरिकलाई थाहा छ । पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरूबीच घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थको पराकाष्ठा रहेको पनि जनतालाई थाहा नभएको होइन । परन्तु, उल्लेखित कुकार्यविरुद्घ समाज एकजुट हुन सकेको छैन । यहीँ नेपाली समाज चुक्यो । अर्थात् हामीहरू चुक्यांै । चुकिरहेका छांै ।
मुलुकमा विधिको शासनको पालना गर्न राज्य सक्षम नभएकाले राजनीतिको आडमा कालो धन कमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आफ्ना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिहरूले आँखा चिम्लिने गरेका छन् । अहिले स्थानीय तहहरूबाट हजारौंको संख्यामा अख्तियार दुरुपयोग आयोगमा मुद्दा परेका छन् । उल्लेखित प्रकरणमा विभिन्न दलका जनप्रतिनिधि संलग्न छन् । तर यी भ्रष्टहरूलाई कारबाही गर्नुपर्नेमा भ्रष्टहरूमा संरक्षण दिन काम दलबाट भइ नै रहेको छ । उल्लेखित विषय समाजलाई थाहा छ । मौन छ । यदि समाज सक्रिय भएर प्रतिकार गरेको भए समाज धनआर्जनका लागि भ्रष्टचार, कमिसन, कालोबजारी, ठगी गर्ने भ्रष्ट दलालहरू समाजबाट बहिष्कृत हुने थिए ।
अन्त्यमा, राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेजस्तै घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन् भनेजस्तै आफ्नो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने नागरिक पनि देशका शत्रु हुन् । विकासका बाधक हुन् । तर, पनि धन सम्पत्तिको आडमा उनीहरूकै सामाजिक रवाफ देखिन्छ ।
तसर्थ, हामीले समाजको चरित्र रूपान्तरण गर्न आवश्यक छ । यसका लागि हरेक व्यक्ति, व्यक्तित्व वा पेसाकर्मीका सुकर्म र कुकर्मलाई बुझौं । राम्रो कामको समर्थन गरौं । नराम्रो कामको विरोध गरौं । भ्रष्टहरूलाई सामाजिक बहिष्कार गरौं । जसरी राजनीतिक परिवर्तका लागि नेपाली समाज गोलिएर आन्दोलनमा होमियौं । त्यसैगरी समाज हुने अनेक विकृति र विसगतिविरुद्घ एकजुट भएर काम गरौं । हामी सचेत मात्र भएर हुँदैन, सक्रिय हौं । यसो गर्न सकियो भने राज्य नागरिकप्रति उत्तरदायी हुन्छ । समाजका भ्रष्ट, बिचौलिया, दलाल हच्कन्छन् । नागरिक अधिकारसहितको लोकतन्त्रको अभ्यास हुन्छ । यसै गरौं ।






