लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धकाे अविश्वास प्रस्तावमा २७ गते छलफल

 

बुटवल ।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन अधिवेशन आह्वान गरेका छन्।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो । शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने