काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल पक्षको बिहीबार बसेको बैठकले पार्टी एकताबद्ध बनाउने विषयमा गृहकार्य जारी रहेकै बेला महाधिवेशनका कार्यक्रम स्थगित गर्नुपर्ने माग अघि सारेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको हालै बसेको बैठकले भने विधान अधिवेशन, वडा तथा पालिका अधिवेशन कार्यक्रम सार्वजनिक गरिसकेको छ । बैठकमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताबद्ध बनाउने गृहकार्य भइरहेकै बेला महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्नुपर्ने निष्कर्ष बैठकको रहेको जानकारी दिए ।
बैठकले एकताका लागि वार्तालाई निरन्तरता दिने निष्कर्षसमेत निकालेको छ । दुई समूहमा विभाजित एमाले एकताबद्ध बनाउन दोस्रो तहका नेता निरन्तर छलफलमा छन् । नेपाल पक्षको बैठकले अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिँदै पार्टी एकताबद्ध बनाउने निष्कर्ष निकाल्दै छलफल जारी राख्ने पन्त बताउँछन् ।
नेपाल पक्षबाट विगठित कार्यदल संयोजक उपाध्यक्ष डा. भीम रावलले अहिलेसम्म भएको औपचारिक÷अनौपचारिक छलफल’bout जानकारी गराएका छन् । १०बुँदे सहमतिको जगमा पार्टी एकताबद्ध बनाउन सकिने रावलले बैठकमा सहभागी केन्द्रीय सदस्यलाई जानकारी गराएका छन् ।
ओली–नेपाल विवाद बढ्दै गएपछि पार्टी फुट संघारमा पुगेको छ । दुई समूहमा विभाजित एमाले नेता एकताका लागि दोस्रो तहका नेताले दबाब दिँदै आएका छन् । अगामी रणनीति’bout बैठकमा छलफल गर्दै पार्टी एकताबद्ध बनाउने’bout नेताहरूले धारणा राखेको पन्तले बताए । केन्द्रीय कमिटी बैठक आज शुक्रबार पुनः बस्ने छ ।
यसअघि, बसेको स्थायी कमिटी बैठकमा एमाले नेता मेटमणि चौधरीले अध्यक्ष ओलीकै कारण पार्टी एकताबद्ध हुन नसकेको बताए । पार्टीलाई सुरुदेखि नै एकताबद्ध हुन नदिन अध्यक्ष ओली लागिपरेको उनको आरोप छ । एमालेलाई सही दिशामा अघि बढाउन अध्यक्ष ओलीले राजीनामा दिएपछि एकताबद्ध हुने विश्वास उनको छ ।
नेकपा त्यसपछि एमाले विभाजन गर्ने मुख्य योजनाकार नै ओली भएको बताउँदै उनले ओलीले पार्टी एकताबद्ध गर्न नसकेको आक्षेप लगाए । ‘केपी ओली अब बैलगाडा चुनाव चिह्न लिएर अगाडि बढछन् र आफ्नो पार्टीको नाम नेकपा (केपी ओली) राख्छन्,’ चौधरीले भने, ‘सुरुदेखि नै ओलीको चाहना एमाले एकताबद्ध नहोस् नै रहेको बुझेका छौं ।’
सम्मानजनक एकता: नेपाल
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने अडान राखेका छन् । आफूहरू पार्टीलाई एकताबद्ध बनाउन तयार रहेको बताउँदै उनले कुनै पनि जालझेलमा नपरी सम्मानजक एकता गर्नुपर्ने पक्षमा आफू रहेको प्रस्ट पारे । अन्तिम अवस्थासम्म पार्टी एकताका लागि छलफल जारी नै राख्ने बताउँदै उनले अहिलेसम्म भएका वार्ता’bout जानकारी गराएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् ।
भट्टराई र पाण्डे अनुपस्थित
नेपाल पक्षको केन्द्रीय र स्थायी कमिटी बैठकमा सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् । स्थायी कमिटी बैठक सकेर बसेको केन्द्रीय कमिटी बैठकमा समेत भट्टराई र पाण्डे अनुपस्थित रहेका छन् । स्रोतका अनुसार कोरोना ‘कन्ट्याक्ट टे«सिङ’मा परेका कारण उनीहरू अनुपस्थित भएका हुन् ।






