काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारको संक्षिप्त जीवनी तयार पारेको छ । उनीहरुको योगदानलाई चीरकालसम्म जीवन्त तुल्याउने उद्देश्य जीवनी तयार पारिएको हो ।
प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टाहरुको संक्षिप्त जीवनी तयार गरी आफ्नो आधिकारिक युट्युव च्यानलमा प्रशारण सुरु गरेको छ । हालसम्म वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, वरिष्ठ नाट्यकर्मी तथा गायक हरिप्रसाद रिमाल, वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ लोकगायक कुमार बस्नेतको श्रब्यदृश्य सामाग्री युट्युवमा प्रकाशित गरिसकिएको छ ।

स्रष्टाहरु तारादेवी, रुवी जोशी, दिलमाया खाती, योगेश वैधलगायत दर्जन बढी कलाकारहरुको पनि श्रब्यदृश्य सामाग्री तयार भइसकेको र क्रमशः प्रशारण गर्दै जाने जानकारी प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले दिए । करिब २० देखि ३० मिनेटसम्मका भिडियो सामग्री नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नामक युट्युब च्यानलामा गई हेर्न सकिने छ, सदस्यसचिव तमोटले भने, ‘स्रष्टा/कलाकारहरुको बायोग्राफीले उनीहरुको ’boutमा अध्ययन र अनुसन्धान गर्न चहाने कलाप्रेमीलाई केही हदसम्म भए पनि सघाउ पुग्नेछ ।’






