आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

sf7df8f}F, #) c;f]h . g]kfnL ;]gfsf] PdcfO{ !& x]lnsK6/nfO{ laxLaf/ /flt ;8s dfu{af6 ;}lgs k|lti7fg vl/kf6L n}hfFb} . x]lnsK6/nfO{ ljdfg:ynaf6 sf]6]Zj/, ;Nnf3f/L, huftL ;8s dfu{ x'Fb} ;}lgs k|lti7fg vl/kf6L k'¥ofOPsf] xf] . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । आज बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा कोभिड संक्रमण जोखिम झन् बढेकाले प्रशासनले कडाइ गरेको हो । रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको उहाँले बताउनुभयो । उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान