न्यायको घाटि निमोठिएको पनौती घटना !

 

पनौती विकास निर्माण सामाजिक रुपान्तरणको आधारस्तम्भ हो । यस वृहत अभियानमा राज्यका निकाय, संघ, संगठन र आम नागरिकहरुको संतुलित भूमिका रहेको हुन्छ । यसै तथ्यलाई आधार मानि हामीले परिकल्पना गरेको विकास प्रक्रिया सापेक्ष, दुरदर्शी र दिगो हो । यद्दपी विकास निर्माणको नाममा मौलाएका निरपेक्षता, वेथिती र व्यक्ति केन्द्रित कुण्ठाको भावनाले यसको परिभाषा र परिणामलाई कुरुप वनाउदै आएको छ ।

जुनसुकै बहानामा किन नहोस् विकासको नाममा सामाजिक सहिष्णुता एवंम एउटा स्वतन्त्र नागरिकको स्वाभिमान र नैसर्गिक अधिकारलाई धमिल्याउने हर्कत कोही कसैवाट हुन्छ भने त्यो अपराध हो । विकास निर्माणको अभिभारालाई सम्हालेका राज्यका निकाय होस् वा त्यसलाई च्याखे दाउ वनाएर अवान्छित लाभ लिने अपराधिक झुण्ड अथवा सापेक्ष विकासलाई टुलुटुलु हेरेर वस्ने नागरिक समाज जो कोही पनि न्यायको कठघरामा उभिनै पर्छ ।

यस आलेखमा कैद गरिएको क्षतिग्रस्त संरचना प्राकृतिक व्यक्तिको कानुनी मान्यता प्राप्त भौतिक सम्पत्ती हो ।
घटना भएको दिन दलबल सहितको समूहको उपस्थितिमा बिना सूचना, कानुनी प्रक्रियाको न्युनतम पक्रिया पनि नपु¥याई एबंम सम्बन्धित घरधनीको गैरहाजिरीमा दल–वल सहित कसैको उक्साहटमा धारीलो हतियारको प्रयोगवाट पु¥याइएको गम्भिर क्षतीको प्रतिनिधि उदाहरण हो ।

यस घटनामा घटना भएको ६ दिन सम्म पनि यसको व्यवस्थापन प्रक्रियालाई सम्बन्धित निकायले अघि वढाएको छैन ? व्यक्तिगत सम्पत्तीको रक्षा गर्नुपर्ने निकायलेनै गैरककानूनी रुपमा संरचना भत्काई अलपत्र छोडिदिदा पिडित प्रताडित हुने त भए नै हाल यसका साथै चोरी, डकैति र अपराधिक क्रियाकलाप हुने अवस्थाको समेत सृजना गराईएको छ । यसवाट सम्वन्धित निकायनै विकास प्रक्रियालाई कुरुप वनाउन उद्दत अपराधिक झुण्डको पक्षपोषण गरिरहेको छैन ? प्रश्नले प्रस्सय पाउछ । जानिफकारको संज्ञा पाएकाहरुले जतिनै तर्क गरेपनि अपराध अपराधनै हो ।

कानूनको खिल्ली उडाइएको यस घटनामा संलग्न नाईकेहरु को को हुन ? कस्को उक्साहटमा यो हर्कत भएको हो ? यसका पिछलग्गु दोषिहरु को को हुन ? घाम जतिकै छलङ्ग छ । आतहः यस दुस्साहसमा संलग्न दृश्य वा अदृश्य झुण्ड, पेशागत र राजनीतिक खोल ओडेका व्यक्ति, नकावधारी सामाजिक अभियन्ता, ठेक्का पट्टाका भोकाहरुका साथै सार्वजनिक ओहोदा ओगटेर वसेका जनप्रतिनिधिहरु एवंम संगठित संस्था वा निकायको फेहरिस्ता एउटा स्वतन्त्र नागरिकले राखेको हुदैन भन्नु भुल हुन्छ ।

विद्यमानतामा समस्याको समाधान र जीतको श्रृखला मानिने यस्ता क्रियाकलापहरु क्षणिक मात्र होइनन् दिर्घकालिन समस्याको वास्तविक सुरुवात पनि हुन् । समय श्रृखला संगै तत् तत् व्यक्ति, समूह र निकाय एवंम राजनीतिक आवरणमा देखा परेका अराजक हुलको भन्डाफोर नागरिक समाजले गर्छनै । के तथ्य हेक्का राख्नु जरुरी छ भने शक्तिकै आडमा कोही अमुक व्यक्तिको स्वार्थ पूर्ति गरिदिन, कसैको संगठित अपराधलाई क्षमा दिन, कसैको राजनीतिक महत्वकाक्षामा भ¥याङ बनिदिन वा कसैको कार्य सम्पादन मूल्याङ्कनलाई वढाईदिने अनिवार्य जिम्मा एउटा स्वतन्त्र नागरिकले लिएको हुदैन । उसले त गुण, दोष, कार्यशैलि र कार्यपद्दतिको आधारमा मात्र त्यसको उचित मूल्याङ्कन, साथ र सहयोग प्रदान गर्ने हो । यो नै अन्तिम सत्य हो ।

समग्रमा स्थानीय तहको विकास नीतिमा देखिएको अस्पष्टता, कमजोर कानूनी संरचना, भएका कानुनको कमजोर परिपालना र व्यक्तिगत लाभ हानीको संनिकटमा रुमलिदा आफैले स्वीकारेको घोषित नीति, विधि र पद्दतिको वर्खिलाप हुने गरि आफै प्रस्तुत हनु लज्जावोधको विषय हो भने त्यस्तो अस्वीकार्य कार्य गर्न वाध्य वनाउने अपराधिक मानोवृत्ति वोकेका लम्पट वर्ग त्यसका कारक हुन् । यस्ता प्रवृति प्रति किन्चित विचलित नभई एउटा स्वतन्त्र र स्वच्छ नागरिक निर्विक र निडर भई अघि वढिनै रहने छ, ऐन मौकामा त्यस प्रवृतिको अन्त्य गर्नेछ र निरपेक्ष विकास प्रक्रियामा सामेल भईरहनेछ ।

अन्तमा विकास निर्माणको अभियानलाई सवैको विजयको मुद्दा वनाउन प्रत्येक सचेत नागरिकले रचनात्मक दवाव सृजना गरौ, विकास प्रक्रियालाई सर्वस्वीकार्य बनाऔं र आम सचेत नागरिक यो अभियानमा लागौ । विकास प्रक्रियालाई अघि बढाउन नागरिक समाज तयार छ, आउनुस हातेमालो गर्न । सत्यमेव जयते ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

कृष्णभीर सडक १ असोजदेखि खुला गर्ने लक्ष्य, ट्रयाक खुलेसँगै २१ वटा ठूला सवारी साधन बाहिरिए