अध्यक्ष शेरचनको किरिया शुद्धी कार्य सम्पन्न

काठमाडौं । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको सोमबार थकाली संस्कार र परम्पराअनुसार किरिया शुद्धी कार्य सम्पन्न गरिएको छ ।

म्हत्र्हुङे दाजुभाइको निर्णयअनुसार पाँच दिनमा नै सम्पूर्ण विधि र प्रक्रिया पु-याएर थकाली संस्कारबमोजिम किरिया शुद्धी कार्य सम्पन्न गरिएको हो । अध्यक्ष शेरचनको २ भदौमा निधन भएको थियो ।

त्यस क्रममा दिवंगत शेरचनका दाइकी जेठी छोरी शान्ति भट्टचनबाट थकाली संस्कार र परम्पराअनुसार १०८ वटा म्हात्हुङ बत्ती बालेर बिदाइ गरिएको थियो । यस्तै, एकाघरका परिवारबाट १०८ वटा बत्ती बाली स्वर्गका लागि बिदाइ गरिएको थियो ।

त्यसक्रममा छोराहरूले अस्तुलाई चोख्याउने कार्य सम्पन्न गरेर दिवंगत बाबुको जन्मस्थान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङस्थित म्हत्र्हुङे क्हयु खिमी घरमा राख्न पठाइएको छ । थकाली संस्कार, परम्परा र संस्कृतिअनुसार गरिएको सो किरिया शुद्धी कार्यमा सम्पूर्ण म्हत्र्हुङे क्हयु परिवारका दाजुभाइ, चेलीबेटी, ज्वाइ, इष्टमित्रको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छा रिहा हुने