आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

 

लमजुङ । आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो ।

शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि विक्रम थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने प्रकाश थापा फरार रहेकोले उनको खोजी भइरहेको लमजुङका प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले बताएका छन् ।

घट्ना गत पुस–माघ महिनामा भएको पीडित बालिकाले गत बैशाखमा आफ्ना साथीहरूलाई भनेकी थिइन् । लगत्तै पिडित बालिकाको परिवारले प्रहरीलाई खवर गरेको थियो । आरोपित शिक्षक प्रकाश थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर पनि राजनीतिक दबाबमा उनलाई केही घण्टामै प्रहरीले बिनासर्त रिहा गरिदिएको थियो ।

प्रहरीले शिक्षक प्रकाश थापालाई ‘ती बालिकाले मैले साथीहरुलाई ख्याल ठट्टामा मजाक मात्र गरेको’ भन्ने बेहोराको बयान गरेको भन्दै अनुसन्धान बिना रिहा गरको थियो । घरमा आफ्नी आमा नभएकी र सौतेनी आमासंग बसेकी बालिकाले ‘काठमाडौमा पढ्ने रहरमा उनले आफू मार्थी यौन शोषण भएको बताएकी थिइन् ।

उक्त घटना गम्भीर भन्दै त्यस विषयमा पर्याप्त अनुसन्धान नगरी आरोपितलाई प्रहरीले छोडेको भन्दै मिलेमतोको आशंका गर्दै केही स्थानीय तथा विद्यालयका अभिभावकहरुले त्यस समयमा विरोध गरे । सोही काण्डको विरुद्धमा अभिभावहरूले गत जेठ २० गते विद्यालय परिसरमा आरोपित शिक्षक विरुद्ध नारावाजी गर्दै निष्पक्ष छानबिन र कडा कारवाही गर्न माग सहित धर्ना समेत दिएका थिए ।

अहिले पीडित बालिका आफै उपस्थित भएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । पीडित बालिकालाई विभिन्न लोभ र डर देखाएर यसअघि बयान फेर्ने लगाएको बालिकाको परिवारको एक सदस्यले बताएका छन् ।
उक्त घट्नाका सम्बन्धमा ‘न्याय मर्न नदिने’ प्रतिवद्धता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक निरीक्षक कृष्णबहादुर कार्कीले व्यक्त गरेका छन् । उनले भने ‘अनुसन्धानमा भएको विषयमा धेरै नबोलु तपाईहरू ढुक्क हुनुस् न्याय मर्दैन ।’

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ