संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले कोरोना भाइरसको संक्रमणबाट बच्न सभा,सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकामा सतर्कता अपनाउन प्रशासनले विभिन्न सभा, सम्मेलन तथा ठूला कार्यक्रम आयोजना नगर्न आग्रह गर्दे निर्धारिर्त कार्यक्रमहरु स्थगित गरेको छ ।
कोरानाको संक्रमणको बच्न प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गरेको छ । प्रशासनले धेरै मानिस जम्मा हुने स्थानहरुमा तथा भीडभाडमा नजान, सभा, सम्मेलन,मेला पर्व ( होली) जस्ता कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ ।
साथै जोखिम तथा संक्रमण बाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतबाट जारी हुने सूचना, निर्देशन पालन गर्ने समेत सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका चीनको तिब्बतसँग जोडिएका कारण पनि सतर्कता उपनाउनु जरुरी भएको प्रशासनले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि चीनले गत माघ ५ गते देखि अनिश्चितकालका लागि उत्तरी क्षेत्रको किमाथांका नाका सिल गरेको छ ।






