चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

 

बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ ।

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।

भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ