सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई दले कालो मोसो

नकपुर । सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारवाहीको नाममा कालोमोसो दलेका छन् ।

धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक वैजु साहलाई स्थानीय विद्यार्थीहरुले दुर्व्यवहार गर्दै कालोमोसो दलेका हुन् ।

मोटरसाइकलमा रहेका प्रधानाध्यापक साहलाई विद्यालय जाँदै गरेको अवस्थामा विद्यार्थीहरुले रोक्न लगाएर कालोमोसो सहित चप्पल हानेर कुटपिट गरेका छन् । विद्यार्थीले चप्पलले हिर्काउन खोजेपछि प्रधानाध्यापक साह मोटरसाइकलमै भागेका थिए ।

आफूहरुको माग सम्बोधन नगरिएको भन्दै जनकारबाही गरिएको एक विद्यार्थीले बताए । स्थानीय विद्यार्थी विगत चार दिनदेखि पाँच सूत्रीय विभिन्न माग राख्दै आन्दोलनरत छन् । नियमित पठनपाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनुपर्ने विद्यार्थीको माग रहेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनुपर्ने माग राखेर उनीहरुले आन्दोलन गरिरहेका छन् ।

यसअघि यही शैलीमा एक कर्मचारीलाई जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न बनाएर जनकप’÷धाममा नगर घुमाएका थिए। सो आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 462 times, 1 visits today)

epaper

ताजा समाचार

‘लज्जावती’ को पहिलो गीत सार्वजनिक