नेपालमा जलमार्गको आवश्यकता तथा महत्व

जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ : (१) आन्तरिक जलमार्ग (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूलाठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गभन्दा ठूल्ठूला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसारपसार गरिन्छ । नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँहरूमा जेट चार्जको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट चार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासका क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु-याउने निश्चित देखिन आउँछ । जलयातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५÷१६ वटा ठाउँहरूमा यातायात सञ्चालन गर्न सकिने देखिन आउँछ । जलमार्गको विकास गर्न सकेमा यातायातको विकास हुनुको साथ साथै विदेशी मुद्राको आर्जन, इन्धनको बचत, पर्यटन उद्योगको विकास, मर्मतसम्भार खर्चमा कमी आदि महत्वपूर्ण फाइदा प्राप्त हुन आउँछ ।

विभिन्न नदीनालाहरूमा पूर्व प्रारम्भिक विस्तृत सर्भेक्षणपश्चात् केही ठाउँहरूमा नतिजा उत्साहवद्र्धक देखिएकोमा नेपालजस्तो पहाडी धरातलको नदीनालाहरूमा सञ्चालन गर्न उपयुक्त भनिएको संयुक्त अधिराज्यको इडाहोमा निर्मित जेट–वार्ज इन्टरनेसनल डेभलोपमेन्ट इन्टरप्राइजेजमार्फत् ल्याई जलमार्ग सञ्चालनका लागि सम्भाव्यता सर्भेक्षण पनि गरिएको पाइन्छ । श्री ५ को सरकार र इन्टरनेसनल डेभलोपमेन्ट इन्टरप्राइजेजको संयुक्त प्रयासमा यूएनडीपीको अनुदान सहयोगसमेत लिई आव २०४५÷४६ मा अरुण नदीमा चतरादेखि टुमलिङटारसम्म स्ट्रेटमा जेट वार्ज सञ्चालन गर्ने कार्यक्रम पनि राखियो । यसरी नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँहरूमा जेट वार्जको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट वार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुन सक्यो भने मुलुकलाई आधुनिक यातायातको विकासका क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु¥याउने निश्चित देखिन आउँछ । जल यातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५–१६ वटा ठाउँहरूमा यातायात सञ्चालन गर्न सकिने देखिन आएको छ ।

देशको भू–बनोट वरदानका रूपमा रहेका नदीहरू अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको अनिश्चितता आदिलाई दृष्टिगत गर्दा मौजुदा सतहमार्ग (सडक यातायातको साथसाथै) पूरकको रूपमा जलमार्गको विकासलाई ध्यान दिनु अत्यावश्यक भएको छ । मर्मतसम्भार लागत पनि कम लाग्ने र प्राकृतिक स्रोत तथा सम्पदाका लागि पनि न्यायोचित परिचालन हुने प्रकारको जल यातायातको सञ्चालन गर्न सकेको खण्डमा देशको चौतर्फी विकासमा तीव्रता आउने तथ्यता क्षणभर मनन गरेमा नै पनि सिद्ध हुन सक्छ । जलमार्गको विकासको कुरा गर्दा क्षेत्रीय सहयोगको प्रश्नलाई पनि पन्छाउन सकिँदैन । निश्चय नै जलमार्गको विकासमा नेपाल, भारत र बंगलादेशबीच सहमति भई कुनै योजना कार्यान्वयन गरिएको खण्डमा त्यसले सम्बन्धित सबै पक्षलाई लाभ हुने विशवास छ । बंगलादेश र भारतको समुद्री क्षेत्रको बन्दरगाहसँग नेपालको नारायणी र कोसी नदीलाई जलमार्गद्वारा सहन्वित गर्ने धारणा कार्य रूपमा परिणत भएमा नेपालमा आयात गरिने मात्र होइन नेपालबाट निर्यात गरिने वस्तुहरूलाई समेत सुलभ रूपमा पारवहन गर्न सकिने कुरा निश्चित छ । राष्ट्रमा विद्यमान जलस्रोतको अधिकतम उपयोग गरेर खर्चिलो तेल इन्धनको आयातमा किफायत गर्ने’bout सोचिनु ज्यादै आवश्यक र राम्रो कुरा हुन आउँछ ।

कृत्रिम रूपमा जेट चार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासका क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु-याउने निश्चित देखिन आउँछ

जलमार्गको अर्थ एउटै भएता पनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ, (१) आन्तरिक जलमार्ग (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूला–ठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गभन्दा ठूलठूला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसारपसार गरिन्छ । नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँहरूमा जेट चार्जको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट चार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुन सक्यो भने हाम्रो यातायातको विकासका क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु-याउने निश्चित देखिन आउँछ । जलयातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५÷१६ वटा ठाउँहरूमा यातायात सञ्चालन गर्न सकिने देखिन आउँछ ।

जलमार्गको विकास गर्न सकेमा यातायातको विकास हुनुको साथ साथै विदेशी मुद्राको आर्जन, इन्धनको बचत, पर्यटन उद्योगको विकास, मर्मतसम्भार खर्चमा कमी आदि महत्वपूर्ण फाइदा प्राप्त हुन आउँछ । नेपालमा खास गरेर छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२) देखि मात्रै जलमार्गको विकासका लागि खास महत्वपूर्ण कदम चालिएको देखिन आउँछ । त्यस्तै सातौं योजना (२०४२–२०४७), आठौं योजना (२०४९–५४), नवौं योजना (२०५४–२०५९)मा पनि जलमार्गको विकासको लागि श्री ५ को सरकारले केही कदम चालिने योजनामा उल्लेख गरिएको पाइन्छ । तर, उपलब्धि भने खास भएको देखिँदैन । १०औं योजना (२०५९-६४) १०औं योजनामा पनि जलयातायात सञ्चालनका लागि मागको आधारमा सम्भाव्य क्षेत्रको पहिचान गरी यसलाई राष्ट्रिय यातायात प्रणालीभित्र समन्वयात्मक रूपमा विकास गर्न दीर्घकालीन योजनाको तर्जुमा गरिने नीति र कार्यक्रम राखिएको छ । त्यस्तै, जलमार्गको विकास तथा सञ्चालनका लागि आवश्यक पूर्वाधारको अध्ययन गरी आन्तरिक जलयातायात संरचनाको विकासमा जोड दिइने पनि उल्लेख गरियो । सम्भाव्य आन्तरिक जल यातायात संरचनालाई छिमेकी राष्ट्रको जल यातायात प्रणालीसँग आबद्ध गर्न आवश्यक समन्वय गरी विकास गरिने नीति र कार्यक्रम पनि राखिएको देखिन आउँछ । जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ ः (१) आन्तरिक जलमार्ग र (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूलाठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गभन्दा ठूलाठूला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसार पसार गरिन्छ ।

हाम्रो ठूला नदीहरूको माध्यमबाट समुन्द्री बन्दरगाहसम्म जलमार्ग जोडन सक्ने हो भने विदेशी पारवहान सहज हुन जान्छ । नेपालको कोसी गण्डकी, भेरी भारको गंगामा मिसिएर कोलकोता र बंगालको खाडीमा पुगेका छन् । यी नदीका माध्यमबाट समुन्द्रसम्म पहँुच स्थापना गर्न सकिन्छ । भारतीय नदीको बाहव र ती नदीमा निर्माण भएका जलमार्ग सञ्चालनको दृष्टिले असहज भएको अध्ययनले प्रमाणित गरेका छन् । यसबाट आयात निर्यातको व्यापारमा ढुवानी र उच्च लागतको अवरोध समाधान हुन सक्छ । ढुवानीको लागत न्यूनीकरण स्वाभाविक रूपमा सघाउ पुग्न सक्छ । विज्ञ र सरकारवालाले गण्डकी र कोसी नदीलाई समुन्द्री बन्दरगाहसम्म जोडनुपर्ने विषय उठाउँदै आएका छन् । तर, सरकारीस्तरबाट भएका अध्ययनले भने यसलाई उपेक्षा गरिएको छ ।

सरकारले बेलाबेलामा जलमार्ग सञ्चालनमा चासो नराखेको पनि होइन तथापि प्रयास प्रभावकारी देखिएका छैनन् भौतिक योजना तथा निर्माण मन्त्रालयले करिब पाँच वर्षअघि नै चरणबद्ध रूपमा सम्भाव्यता अध्ययन थालेको थियो । कोसी गण्डकी र भेरी तथा यिनका सहायक नदीहरूमा जलमार्गको सम्भाव्यता अध्ययनको काम पनि भएकै हो । कोसीको धुर्मी कोसीब्यारेज, गण्डकीको रामदी देवघाट तथा फिसलिग देवघाट र भेरीको भेटचौर चिसापानी गरी कुल ४ सय ७६ किलोमिटर र विभिन्न सहायक नदीहरूमा अध्ययन थालिएको थियो । तर, यसले खासै अर्थ दिन सकेन् । नदी प्रकृतिको वरदानका रूपमा स्वभावतः समुद्रतर्फ उन्मुख महान् राजमार्ग हो । त्यसैले १२ महिना पानी बग्ने अनेकौं नदीनालाको उद्गम स्थल हाम्रो हिमालको समुद्रसँग प्राकृतिक सम्बन्ध अविच्छिन्न र अविरल छ । यसै राजमार्गबाट हाम्रो आवश्यक वस्तु निर्यात हुन सक्छ । हामी बाहिरभित्र आवतजावत गर्न सक्छौं । हाम्रो भूपरिवेष्ठित स्थितिलाई जलमार्गको सम्भावनाबाट निकै फाइदा दिनेछ । युगौं युगदेखि प्रकृतिले खोलेको यस बाटोको उपभोग गर्न अब हामीले ढिलो गरेमा हाम्रै लागि हितकर हुनेछैन । कोसी, गण्डकी र कर्णाली नेपालका प्रमुख नदीहरू हुन् ।

नेपाली अधिकारीसँग पानीजहाज चल्ने जलमार्ग निर्माण गर्ने अनुभवको कमी हुँदा भारतको समुद्र प्रयोग गर्नुपर्ने बाध्यता छ

नेपालको आर्थिक र सामाजिक विकास गर्नका निमित्त जलमार्गको विकास गर्न सकेमा निम्न फाइदा प्राप्त गर्न सकिन्छ: वातावरणको संरक्षण : जलमार्गको विकास गर्दा अन्य यातायातको विकास जस्तै: सडक, हवाई, रेल्वे, रोप्वेको तुलनामा वातावरणमा ह्रास नआउने अरू प्राकृतिक सम्पत्तिको संरक्षण गर्न सकिन्छ । विदेशी मुद्राबाट आयात गरिएका इन्धनको सही उपयोग गर्न सकिन्छ । स्थलमार्गमा सञ्चालन गरिने ट्रक बसहरूमा खर्च हुने इन्धनको तुलनामा जल परिवहनमा खर्च हुने इन्धनको खपत निकै कम हुन जाने देखिन आउँछ । लगानी ः सडक निर्माणमा हुने लगानीको तुलनामा जलमार्गको लगानी र साल बसाली मर्मतसम्भार खर्च पनि सोही अनुपातमा घटी नै हुन जाने देखिन्छ । पर्यटन प्रवद्र्धनमा टेवा : जलमार्गको विकासबाट देशमा आउने पर्यटकहरूलाई जलक्रीडाको आनन्द लिनमा आकर्षित गराउन सकिन्छ जसले गर्दा आगन्तुक पर्यटकको नेपाल बसाइमा सहयोग पु-याउन सक्नेछ ।

देशको भू–बनोट वरदानका रूपमा रहेका नदीहरू अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको अनिश्चितता आदिलाई दृष्टिगत गर्दा मौजुदा सतहमार्ग (सडक यातायातको साथसाथै) पुरकको रूपमा जलमार्गको विकासलाई ध्यान दिनु अत्यावश्यक भएको छ । मर्मतसम्भार लागत पनि कम लाग्ने र प्राकृतिक स्रोत तथा सम्पदाका लागि पनि न्यायोचित परिचालन हुने प्रकारको जल यातायातको सञ्चालन गर्न सकेको खण्डमा देशको चौतर्फी विकासमा तीव्रता आउने तथ्यता क्षणभर मनन गरेमा नै पनि सिद्ध हुन सक्छ ।

नारायणी र कोसी नदीमा पानीजहाज चलाउन नेपाल र भारतका उच्च अधिकारी सम्मिलित टोलीले स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेपालको आफ्नै पानीजहाज हुने बताइरहेको बेला दुई देशको प्राविधिक सम्मिलित टोलीले ती नदीमा पानीजहाज चल्न सक्ने, नसक्ने विषयमा अध्ययन थालेको हो । पानीजहाज सञ्चालन हुन सक्ने वा नसक्ने निर्णय हुन बाँकी रहे पनि अघिल्लो महिना पानीजहाज कार्यालय स्थापना भइसकेको छ । नेपालमा कहाँदेखि कहाँसम्म पानीजहाज सञ्चालन हुन सक्छ भन्नेदेखि लिएर कुन आकार र क्षमताका पानीजहाज चलाउने भन्ने यकिन गर्न प्राविधिक र प्रशासनिक क्षेत्रका अधिकारी सम्मिलित टोलीले स्थलगत अध्ययन सुरु गरेको हो ।

नारायणी नदीको स्थलगत अध्ययनपछि मंगलबार नेपाल र भारतका अधिकारी कोसी नदीको सम्भाव्यता अध्ययन गर्न विराटनगर पुगेका छन् । संयुक्त टोलीले कोसी नदीको अध्ययन गर्ने कार्यक्रम रहेको नारायणी र कोसी नदीको स्थलगत अध्ययनपछि पानीजहाज सञ्चालन’bout काठमाडौंमा दुई देशका अधिकारीबीच थप छलफल हुनेछ । सोही छलफलले नै पानीजहाज सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारी’bout निर्णय लिनेछ । नेपालले एक्लै पानीजहाज चलाउने अवस्था नरहेकाले दुई देशका अधिकारीहरूले संयुक्त अध्ययन गरेका हुन् । नेपाली अधिकारीहरूसँग पानीजहाज चल्ने जलमार्ग निर्माण गर्ने अनुभवको समेत छैन । पानीजहाज चलाउन भारतको समुद्र प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतले सन् २०२० सम्म नेपालसँग नजिक रहेका समुद्रमा पानीजहाज चलाउने तयारी गरेपछि नेपाल पनि सीमादेखि भित्रका नदीमा पानीजहाज चलाउन इच्छुक देखिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 895 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना