यसपटक पनि घस्रिए मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठकाे व्रत बस्दै आएका छन् ।

उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेकाे पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पारजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् । कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उनले बताएका छन् । उनले भने, ‘लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटककाे मेराे यात्रा अन्तिम हाे ।’

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज (बुधबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमणमा गएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाएका हुन् । सन् १९५० देखि नेपाल भारतबीच एकअर्काका सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ । मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ भने उनले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए । भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेलाई भने २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

आमिर खानको विवाह बिरुद्ध मौलानाको आपत्ती