काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । सर्किट– १ को गल्र्स डबल्समा पनि अभिलाषा र टेलरको जोडी नै पहिलो भएका थिए ।
अभिलाषा गल्र्स सिंगल्समा पनि फाइनल पुगेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । ब्वाइज डबल्समा भने नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामा सीमित बने । सर्किट–१ पनि उक्त जोडी उपविजेता बनेको थियो । फाइनलमा रसियाली जोडीले नेपाली जोडीलाई ४–६, ६–० र १०–६ को सेटमा हराए ।
तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)






