कांग्रेस उपसभापतिको मतगणनाः ३५०० मत गन्दा खड्का र गच्छदारको अग्रता, गुरूङ ६ मतले पछाडी

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि सुरु भएको हो ।

केहीबेर अघिसम्म तीन हजार ५०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले एक हजार ६३४, विजयकुमार गच्छदारले एक हजार ४४३, धनराज गुरुङले एक हजार ४३७, डा चन्द्र भण्डारीले एक हजार २५८, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतगणना तीन स्थानमा भइरहेको छ । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उहाँहरुले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसक्नुभएको छ ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता