अब माओवादी नेता जनताको कुरा बुझ्न फिल्डमै पुग्ने

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अब माओवादी नेता जनताको भावना बुझ्नै फिल्डमै खटिने बताएका छन् । शान्ति प्रकृयामा आइसकेपछि आफ्नो पार्टीका नेता कार्यकर्तामा पनि प्रदुषणको प्रभाव परेको भन्दै अब रुपान्तरणका लागि जनताको भावना बुझ्न फिल्डमै खटिने बताएका हुन् ।

शनिवार सम्पादकसंगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरु सुध्रिएपछि मात्रै परिवर्तन सम्भव भएको धारणा राखे । श्रमसंग जोडिएका जनताको भावना बुझ्नका लागि नेता कार्यकर्ता श्रमक्षेत्रमा सहभागी हुने उनको भनाई थियो । पछिल्लो समय माओवादी नेता कार्यकर्ता सुविधाभोगी भएको स्वीकादै उनले भेडा र सिंहको कथा सुनाउदै भने ‘हामी पनि क्रमश भेडा जस्तै भयौं अब सुध्रिन जरुरी छ ।’

वामपन्थीको एउटै पार्टी

वामपन्थी पार्टीहरुले समाजवादको कुरा गरेपनि समाजवादको कुरा गर्नेहरु छुट्टा छुट्टै पार्टीमा किन भनेर गरिएको प्रश्नमा प्रचण्डले संसदमा भएका र संसद भन्दा बाहिर रहेका समेत वामपन्थी दलकसंग कुरा भइरहेको प्रचण्डको भनाई थियो । ‘हामीहरुको विचमा छलफल भइरहेको छ । एकदिन सबै वाम पार्टी एक हुनै पर्छ ।’ प्रचण्डले भने ।

केही वर्षसम्म माओवादीको भूतले सताइरहन्छ

पार्टी नेतृत्वको विषयमा गरिएको प्रश्नमा प्रचण्डले नेता कार्यकर्ताको भावना र मुलुकको आवश्यकताले आफु अध्यक्ष रहिरहेको बताए । संघियता र गणतन्त्र माओवादी आन्दोलनकै कारण सम्भव भएको भन्दै उनले एकथरि मान्छेले अहिले पनि माओवादीलाई सत्तोसराप गरिरहेको बताए । प्रचण्ड नरहेपनि माओवादी आन्दोलन जारी रहने भन्दै उनले भने ‘जतिसुकै मन नपरेपनि परिवर्तन स्वीकार्न नचाहनेलाई माओवादीको भूतले वर्षौसम्म सताइरहन्छ । तिनलाई शान्तिले निदाउन दिने छैनन् ।’

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा