गृहजिल्लामा दर्शक नाचाईन समीक्षाले

पोखरा ।
‘म दुखीको जिन्दगीमा तिमी आएर
म जन्मेको सफल भयो, तिम्लाई पाएर ।
तिम्रै मायाले मलाई हास्न सिकायो,
तिम्रै मायाले मलाई बाँच्न सिकायो ।’

कालोकोट र कालै चस्मामा सजिएकी समीक्षा अधिकारी यो गीत गाउँदै स्टेज ओर्लेपछि पुसको सिरेठो एक्कासि गर्मायो । सबैको मनमुटुमा बस्न सफल सुमुधुर स्वरकी धनी समीक्षा सुन्न बिहानी २ घण्टादेखि नै विद्यार्थी आतुर थिए । गत वर्ष बजार आएको नरेश खातीको शब्द÷संगीतको यो गीतमा खासमा विक्रम राना, विशाखा शाहीको साथ रहे पनि त्यतिबेला भने विद्यार्थीले कस्केली चेलीलाई भरपूर साथ दिए । लकडाउनपछि यति ठूलो संख्यामा कस्केलीसामु उनले प्रस्तुति दिएको पहिलो पटक हो ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको २५ औं क्याम्पस कमिटी सम्मेलनको अवसरमा पीएन क्याम्पसमा आयोजित नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजकले आधा दर्जन बढी कलाकारलाई निम्तो दिए पनि अन्यको अनुपस्थितिमै पनि दर्शकको लागि समीक्षा काफी थिइन् । अन्य कलाकारको उपस्थिति देखिएन ।

दर्शक आग्रहमा ४ पटकसम्म स्टेजबाट ओर्लेर उनीहरुसँगै गीत गाउन पुगेकी समीक्षाले आफ्नै गाउँठाउँमा गीत गाउन पाउँदा अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिइन् । उनीसँग टिकटक बनाउन, फोटो सेसन गर्न मरिहत्ते गर्नेहरुको पनि उत्तिकै ठेलमठेल देखिन्थ्यो ।

टिन एजमै रहेकी लाहाचोककी समीक्षालाई ३ वर्षअघि देशविदेश चिनाएको नाइ नभन्नु लको ‘कहाँ आउँछ र घुमेर, बालापनको उमेर’ गीत हो । उनले सुरुआतमा ‘हेलो पोखरा’ भन्दै यही गीतबाट आफ्नो आधा दर्जन प्रस्तुतिको दैलो उघारेकी थिइन् । फ्यानको हुटिङ थाम्न उनले ‘तिम्रै मायाले मलाई हास्न सिकायो’ लाई ३ पटकसम्म गाउन बाध्य भइन् ।

त्यस्तै, ‘धनगढीको बसमा, आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा’, ‘हावा चिसो–चिसो’ ‘कि म तिम्रै हो भन’ लगायत गीत प्रस्तुत गरिन् । जाँदाजाँदै उनले आफूभन्दा ठूलो उमेरका दाइदिदीलाई ‘राम्रोसँग बस्नुहोला, राम्रोसँग पढ्नुहोला’ भन्ने सुझाव दिंदै बिदा भइन् । देशविदेशमा चर्चित गायिका समीक्षालाई यसरी आफ्नै गृहजिल्लामा ल्याएर दर्शकको मागबमोजिम मनोरञ्जन दिलाउन पाउँदा आफूहरुलाई पनि खुसी लागेको अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ