१४ लाख हिनामिना गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै जूनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्य पदाधिकारीलाई थाहा नै नदिई सामुदायिक वनको रकम हिनामिना गरेको भन्दै थेबेविरुद्ध अख्तियारले १३ लाख ९७ हजार ७ सय ७७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गराएको हो ।

अख्तियारले शुक्रवार विशेष अदालतमा दर्ता गराएको मुद्दाअनुसार जूनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीलाई थाहा नै नदिई र कोषाध्यक्षको नक्कली हस्ताक्षर गरी चेकबाट रकम निकालेर उपभोक्ता समितिको रकम हिनामिना गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट