जनप्रशासन संघमा नयाँ नेतृत्व, अध्यक्षमा बास्कोटा, महासचिवमा निरौला


काठमाडौ । नेपाल जनप्रशासन संघको साधारण सभाले पूर्वसचिव कृष्णहरि बास्कोटा लाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरि उपाध्यक्षमा प्रा यशोदा काफ्ले , कोषाध्यक्षमा दिलिपराज पौडेल र अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएका छन. सस्थापक सदस्यमा प्रा. डा. चुडाराज उप्रेती पुनः चयन भएका छन् ।

महासचिव र सचिवमा उम्मेदवारहरू विच सहमति कायम हुन नसके पछि दुवै पदमा निर्वाचन भएको थियो। महासचिवमा ३ जना प्रतिस्पर्धामा रहेकामा गृह मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौला २३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्दी पूर्व उपसचिव डा. मिन वहादुर पौडेल क्षेत्रीले १० मत र जनप्रशासन क्याम्पसका प्राध्यापक डा. नरेन्द्रराज पौडेलले ७ मत प्राप्त गरे ।
यस्तै सचिवमा पनि ३ जना विच प्रतिस्पर्धा भएकोमा प्रा सुभास शर्मा र पूर्व सचिव सरोज खनालको १६÷१६ वरावर मत आएकोमा गोला प्रथावाट सुभाष निर्वाचित भएका छन् ।

२०४८ सालमा जनप्रशासन तर्फ स्नातकोत्तर अध्ययन गरेकाहरूवाट स्थापित यो संस्थाले सार्वजनिक व्यवस्थापनको क्षेत्रमा थिंक ट्यांकको रूपमा काम गरिरहेको छ.। यस सस्थाको सस्थापक संयोजक स्व. सूर्यलाल अमात्य थिए भने पछि पूर्वमन्त्री विध्याधर मल्लिक, पूर्वसचिव कृष्ण ज्ञवाली, प्रा गोविन्द ढकाल, प्रा टेकनाथ ढकालले नेतृत्व गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 551 times, 1 visits today)

epaper

ताजा समाचार

३ आश्विन २०८३