सिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय ४ जना परीक्षार्थीहरु सहभागी हुदैछन् । परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् ।

शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षाको लागि २३ परीक्षाकेन्द्र निर्धारण गरेको छ । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । जिल्लाका सामुदायिक र संस्थागत गरी यो वर्ष १ सय ४९ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिए । सामुदायिक १ सय ३६ र संस्थागत १३ विद्यालयहरु रहेका छन् ।

एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत लगिसकेको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत अन्य सुरक्षा निकायहरुसँग समन्वय गरेर परीक्षाकेन्द्रमा सुरक्षाकर्मी समेत खटाएको प्रमुख सुवेदीले जानकारी दिए ।

प्राविधिकधारतर्फ एसईईमा सहभागी हुने सबै परीक्षार्थीहरुका लागि सदरमुकाम चौतारा स्थीत कृष्णरत्न गंगा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यो वर्ष १ सय ३२ परीक्षार्थीहरु सहभागी हुदैछन् । सिन्धुपाल्चोकमा ४ सामुदायिक विद्यालयमा बालिविज्ञान,सिभील इन्जिन्यिर र बालि विज्ञान विषय पढाइ हुने गरेको छ ।

त्यस्तै ग्रेड वृद्धि परीक्षामा पनि १६जना परीक्षार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । २३ परीक्षाकेन्द्र मध्ये शारदा मावि बाह्रविसेमा सबैभन्दा बढी ३ सय ६३ परीक्षार्थी एसईईमा सहभागी हुदैछन् भने सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा जम्मा ८१ परीक्षार्थीहरु मात्रै छन् ।
टहरोबाट सुविधासम्पन्न परीक्षा केन्द्र

भुकम्पपछि अस्थाई सिकाइ केन्द्रमा नै एसईई परीक्षा सञ्चालन हुने गरेको भएपनि सबै विद्यालयहरु पुननिर्माण सम्पन्न भएपछि यो वर्ष भने परीक्षार्थीहरु सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउँने भएका छन् । भुकम्पमा क्षतीग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न भएका छन् ।

परीक्षाकेन्द्र रहेका सबै विद्यालयहरु सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख यमबहादुर खडकाले जानकारी दिए । परीक्षाकेन्द्र कायम भएका सबै विद्यालयहरु निर्माण सम्पन्न भएका छन्,यो वर्ष परीक्षार्थीहरुलाई कुनै असहज हुदैन प्रमुख खडकाले भने ।

भुकम्पपछि चार वर्षको एसईई परीक्षा अस्थाई सिकाइ केन्द्रमा नै सञ्चालन भएको थियो । परीक्षा केन्द्र कायम भएका केही विद्यालयहरु भारतीय राजदुताबास मार्फत निर्माण सुरु गरे पनि टहरोमा नै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यन्वयन इकाइ(शिक्षा)का इन्जिनियर शेरबहादुर पुजाराले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

खुटिया सिँचाइ योजना पुनःस्थापनाका लागि धनगढी उपमहानगरको पहल