काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी प्रमुख एसपी सूर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गर्न गएराति भक्तपुरको निकोसेरास्थित उनको घरमा पुगेको थियो । प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
उनलाई शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)
सम्बन्धित समाचार
घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ
बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
सुर्खेतको हलकण्डरामा जिप दुर्घटना, १२ जना घाइते
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ
जनकपुरमा सद्भाव र्याली






