सर्लाहीका पत्रकारहरुले बाँडे २ हजार जनालाई सर्जिकल मास्क


सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा सर्लाहीका सक्रिय पत्रकारहरुले २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका छन् । रिपोर्टर्स क्लब प्रदेश नं. २ का अध्यक्ष तथा लोकतन्त्र दैनिक पत्रिकाका प्रबन्ध निर्देशक बख्तियार अलि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का कोषाध्यक्ष विश्वनाथ ठाकुर, पत्रकार मनोज यादव, सुनिल राय लगायतका संचारकर्मीहरुको सक्रियतामा कोरोना बाट जोगाउन २ हजार जनालाई सर्जिकल माक्स वितरण गरिएको हो ।

पत्रकारहरुले दाताहरुको आर्थिक सहयोग संकलन गरेर मलंगवा नगरपालिकाको मृख्य चोक चोकमा २ हजार जनालाई फेस मास्क बितरण गरेको लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले बताए ।कोरोना भाईरस सम्बन्धि सचेतना फैलाउने उदेश्यले आफुहरुले सर्जिकल मास्क वितरण गरेको पत्रकार अलिले बताए । सोमवार मात्र पत्रकार अलिले ३० जना एकल,विधवा महिलाहरुलाई न्यानो कम्बल तथा च्यावनप्रास वितरण गरेका थिए ।

जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन र शरिर पनि स्वास्थ राख्ने उदेश्यले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा च्यावनप्रास र मास्क वितरण गरेको पत्रकार अलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ