पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा

इटहरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा प्रवेश गरेको छ । पाथीभरा एड्भरटाइजिङ र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ ।

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पाथीभराले उक्त सामाग्री बितरण गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए ।

उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् ।

उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । “यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ ।” उनले भनिन् ।

जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफूहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन भएको बाध्यता हटेको बताइन् । उनले भनिन्, “अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज भएको छ, यो मेसिन अति आवश्यक थियो ।”

यसैगरी महेन्द्र माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले पूर्व बिद्यार्थीहरू यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफूहरू लाभान्वित भएको बताए ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

epaper

ताजा समाचार

आमिर खानको विवाह बिरुद्ध मौलानाको आपत्ती