काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।
मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।
‘त्यस नीति अनुसार महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा रहेको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ’ बैठक’bout जानकारी दिँदै श्रेष्ठले भने ।
तपाइको प्रतिक्रिया
(Visited 847 times, 1 visits today)






