अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

धनगढी, ३० फागुन । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्वास्थ्य चौकीलाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ । प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुलाई गर्भाअवस्थाको ’boutको जानकारी दिन प्रदेश सरकारको सामाजिक मन्त्रालयले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिद गरेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।

प्रदेशका ८८ वटा स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवाको पहुँच पु¥याउन प्रत्येक पालिकाका एक÷एक स्थानीय तहलाई एउटा मेसीन हस्तान्तरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तभित्र सुदूरपश्चिमका ४२० वटै स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा पु¥याइने भएको छ ।  अल्ट्रासाउन्ड मेसीन वितरणले सुदूरपश्चिमका ग्रामीण भेगमा रहेका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच पुग्ने उनले बताए ।

ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने टाँटे स्वास्थ्य चौकी बाजुरामा कार्यरत अनमी मंगला बोहराले बताइन् । आफूले अल्ट्रासान्ड मेसीन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाइ छ ।

अल्ट्रासाउन्ड मेसीन सञ्चालनको तालिम प्राप्त गरिसकेपछि स्वास्थ्य चौकीमै बच्चा उल्टो छ की सुल्टो भनेर पत्ता लगाउन सक्ने स्वास्थ्य कार्यालय अछाममा कार्यरत अनमी माया स्वाँरको भनाइ छ । कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तल नै बच्चा बसेको हुन्छ यदी यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिने उनले बतइन् ।

सुदूरपश्चिम प्रदेशमा विगतमा गर्भाअवस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेको थियो । ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

१२ करोड ३२ लाख बजेटमा अल्ट्रासाउन्ड मेसीन खरिद गरेर सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले ८८ वटा पालिकाहरुलाई हस्तान्तरण गरेको हो ।मन्त्रालयले प्रदेशका ८८ वटा स्थानीय तहका १=१ जना स्वास्थ्यकर्मीलाई मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 651 times, 1 visits today)

epaper

ताजा समाचार

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ