आचारसंहिता पालनामा राजधानी दैनिक अग्रपंक्तिमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘सञ्चारगृहमा प्रेस काउन्सिल’ कार्यक्रमअन्तर्गत बुधबार राजधानी राष्ट्रिय दैनिक केन्द्रीय कार्यालय अनुगमनका साथै ‘सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या र समाधान’ विषयमा छलफल गरेको छ ।

‘मिडिया मोनिटरिङ योजना’अन्तर्गत आएको काउन्सिल टोलीले राजधानी दैनिक सम्पादन तथा व्यवस्थापकीय नेतृत्वसहितको समूहसँग छलफल तथा सुझावसमेत लिएको छ । काउन्सिल टोलीले राजधानी दैनिक आचारसंहिता पालनामा अग्रपंक्तिमा रहेको भन्दै प्रशंसासमेत गरेको छ ।

काउन्सिलसँग छलफल

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वमा आएको टोलीले पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता’bout जानकारी गराएको छ । बस्नेतले नेपाली पत्रकारिता विकासमा राजधानी राष्ट्रिय दैनिक र संस्थापक अध्यक्ष महेन्द्र शेरचनको भूमिकाको प्रशंसा गरे । हरेक सञ्चारमाध्यम र सञ्चारकर्मीले आचारसंहिता पालना गर्न सके मात्रै आमनगारिकमा पत्रकारिताप्रतिको विश्वास बढेर जाने बस्नेतको विश्वास छ ।

बस्नेतले विशेषगरी पछिल्लो समय अनलाइनले आचारसंहिताविपरीतका कार्य गरेकाले उनीहरूमाथि कडाइ गरेको स्पष्ट पारे । पछिल्ला दिन आचारसंहिता उल्लंघन गर्नेमाथि काउन्सिल केही कठोर भइरहेको बताउदै उनले सबै सञ्चारगृह र सञ्चारकर्मीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पारे । सबैले आचारसंहिता पालना गर्नसके पत्रकारितामा देखिएका विकृति स्वतः कम भएर जाने र पत्रकारिताप्रति आमविश्वास बढ्ने उनको विश्वास छ ।

छलफलमा राजधानी राष्ट्रिय दैनिकका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचनले सञ्चारगृहले इमानदारीतापूर्वक काम गर्दा विभिन्न समस्या भोग्नुपरिरहेको बताउ“दै आचारसंहिता पालनामा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे ।

शेरचनले सञ्चारगृह र सञ्चारकर्मीबीच सौहाद्रपूर्ण वातावरण हुनुपर्ने र काउन्सिलले यस विषयमा नवीन योजना तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए । ‘सञ्चारगृह र सञ्चार उद्योग आफैंमा संवेदनशील क्षेत्र भएकाले सबै पक्षले सञ्चारगृहलाई सकारात्मक रूपमा हेर्नुपर्छ,’ प्रमुख कार्यकारी अधिकृत शेरचनले भने ।

राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले काउन्सिलले अनुगमनका साथै सञ्चारकर्मीको दक्षता र नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । काउन्सिलसँग हातेमालो गर्दै अघि बढ्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

राजधानी डेलीडटकमका सम्पादक धु्रव लम्सालले आचारसंहिता पालनामा आफूहरू प्रतिबद्ध रहेको सुनाए ।

छलफलमा काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलवासेले आचारसंहिता पालनामा सबै सञ्चारगृह र सञ्चारकर्मी जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

काउन्सिल मुख्य अधिकृत झविन्द भुसाल र अनुगमन शाखा प्रमुख तथा सूचना अधिकारी रामशरण बोहोराले सञ्चार गृहबाट भएको आचारसंहिता उल्लंघनका घटना’bout जानकारी दि“दै सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

काउन्सिल टोली सदस्यले ‘आचारसंहिता पालनामा राजधानी दैनिक अग्रपंक्तिमा रहेको’ बताउ“दै ‘आगामी दिन पनि यस्तै भूमिका रहने’ विश्वास व्यक्त गरे ।

काउन्सिल अध्यक्ष बस्नेतले सम्पादक पण्डितलाई आचारसंहिता पालनासम्बन्धी सन्देश बोर्ड र विभिन्न आचारसंहिता तथा अध्ययन सामग्री हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो रह्यो ?