सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरमा नेकपा माओवादीबाट निर्वाचित वडा सदस्य सहित अन्य पार्टीका सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
वडा नं १ का वडा सदस्य युगलकिशोर प्रसाद यादव नेकपा मावोबादीआज पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १ कमिटी ले जनाएको छ । नेपाली कांग्रेस वडा नं १ वडा कमिटीको आयोजना तथा वडा सभापति इसा मंसुरको अध्यक्षता सम्पन्न कार्यक्रममा वडा सदस्य यादव सहित १ सय २५ जना माओवादी लोसपा जसपा लगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि सोनेलाल साह, वडा सभापति मंसुरको सक्रियतामा वडा सदस्य यादव सहित सयौं व्यक्ति कांग्रेसमा प्रवेश गरेको नव प्रवेशी रामानन्द रायले जानकारी दिए ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व जिल्ला सभापति लक्ष्मण राय, क्षेत्रिय सभापतिहरि बहादुर लुंगेली,महाधिवेशन प्रतिनिधिहरु जयहरी श्रेष्ठ, दिनेश मिश्र,प्रमोद कुमार बराल,योगराज देवकोटा ,उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साह रहेका छन् । त्यस्तै नेपाली कांग्रेस इश्वरपुर नगरपालिका सभापति बेचु प्रसाद तिमल्सिना, पूर्व महाधिवेशन प्रतिनिधि विकाउ मंसुर, प्रदेश महाधिवेशन प्रतिनिधि महेन्द्र महतो,बन्तीलाल महरा,राशनारायण चौधरी, नेताहरू रामईश्वर महतो,बेचन महतो,राजेश राय लगायत विभिन्न नेताहरुको उपस्थिति रहेको अर्का नवप्रवेशी शंकर ठाकुरले जानकारी दिए ।






