निगमले दिल्ली उडान घटायो मुम्बईका लागि एक महिना स्थगित

काठमाडौ । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा पूर्व निर्धारित हवाई उडान कटौती गरेको छ । यसअघि दैनिक दुई वटा उडान भइरहेको उडान कटौती गरि काठमाडौ–दिल्ली रुटमा अब आइतबारदेखि दैनिक जम्मा एउटा मात्र उडान भर्ने भएको छ ।

हाल विश्व महामारिको रुप लिएर संसारभर फलिएको कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण निगमले दिल्लीसँगै अन्य विभिन्न रुटमा आफ्नो नियमित उडान तालीका परिवर्तन गरेको जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं–दिल्ली उडान दैनिक एउटा मात्र हुने छ । ‘दिल्ली– काठमाडौं उडान आगामी आइतबार देखि लागु हुने गरी एउटा मात्र गरिने छ । अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको निगमद्धारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरि, निगमले भारतकै बैंगलौरको नियमित उडान आगामी १९ देखि ३१ मार्चका लागि रद्द गरिएको छ । मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान आइतबार देखि १५ आगामी अप्रिलसम्म स्थगित गरिएको निगमले जनाएको छ । त्यसैगरि, थाइल्याण्डको बैंककमा गत बुधबारको र आगामी २५ मार्चको उडान रद्द गरिएको छ । हङकङको पनि आगामी १९ र २६ मार्चको उडान पनि रद्द गरिएको निगमले जनाएको छ । यता, काठमाडौं दोहा उडान २७ फागुन देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

यी उडानका टिकट खरीद गरेका यात्रुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध हुने भएको छ । टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३