पासोमा परेर चितुवा मृत्यु


धनगढी । कैलालीमा पासोमा परेर चितुवा मरेको छ । यहाँको घोडाघोडी नगरपालिका १० झिरोखामा पासोमा परेर चितुवा मरेको हो । पासो कसले र किन थापेको हो भन्ने खुल्न सकेको छैन् ।

चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउदै चितुवा मरेको हो,’ रिजालले भने, ‘मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिने छ ।’

पासो कसले र किन हाल्यो भन्ने’bout अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए ।
उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् । दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते