घोराहीमा थारु मादल बजाउन सिकाईँदै

काठमाडौं । दाङ घोराहीको गुलरीयामा यतीबेला स्थानीय थारुहरु आफ्नै समुदायको मादल बजाउने प्रशिक्षण लिईरहेका छन् । बिगतमा मादल बजाउन चासो नदिएका उनीहरुलाई नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमको आयोजना गरिदिएपछि मादल बजाउन प्रशिक्षणमा सहभागी भएका हुन् ।

मन्ड्रा मादल थारु समुदायको लोक बाजा हो । नयाँ पुस्ताले यो बाजा बजाउन छाडेका थिए । सोही कारण त्यहाँ मन्ड्रा मादल बादन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापन सञ्चालित सो प्रशिक्षण कार्यक्रमको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गरेका छन् । २२ चैतबाट सुरु भएको यो प्रशिक्षण १ वैशाखसम्म जारी रहने छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका २२ जना थारु समुदायका सहभागी भएका छन् । उनीहरुलाई प्रशिक्षक ताल बादक खड्ग बुढा मगरले मादल ’bout सैद्धान्तिक तथा व्यावहारिक तालिम दिईरहेका छन् ।

प्राज्ञ अशोक राइले उद्घाटज समारोहमा बोल्दै सम्बन्धित समुदायको बाजा संरक्षण र यसलाई व्यबहारमा ल्याउनको लागि आफुहरुले पारम्पारिक बाजाहरुको बादन प्रशिक्षण दिँदै आएको बताएका छन् । यस अघि प्रतिष्ठानले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशस्तरीय मौलिक बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको उनले बताएका छन् ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले यस्तो प्रशिक्षणबाट नयाँ पुस्ताले मन्ड्रा बजाउन सिक्ने विश्वास व्यक्त गरेका छन् ।यो प्रशिक्षण अहिले राधाकृष्ण सामूहिक अध्ययन केन्द्र दाङको हलमा भईरहेको छ । सहजीकरण प्रशिक्षण कार्यक्रमका स्थानीय संयोजक कुलबिर चौधरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न