जुम्लाकाे तिलामा आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु

जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा गएराति आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ। तिला गाउँपालिका ३ मा आगलागीबाट एकै परिवारका चार जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रतननाथ याेगिले जानकारी दिएका छन् ।

तिला ३ निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी बाट १० बर्षकी छोरी अनिमा, २ बर्षकी छोरी दिया , १ बर्षको छोरा दिपेश नेपाली र १४ बर्षकी भान्जी तिर्सना नेपालीको मृत्यु हो । आगलागीबाट घाइते मानसिंह नेपाली, उनकी श्रीमती फागुनी सार्कि, बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 495 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते