आर्ट काउन्सिलका भित्तामा थरीथरी कला


काठमाडौं । बबरमहलस्थित आर्ट काउन्सिल दायाँ भूइँ तल्लामा १४ चित्र कलाकार तथा एक मूर्तिकार गरी १५ कला प्रदर्शनी सुरु भएको छ ।

शुक्रबारबाट सुरु साताव्यापी प्रदर्शनीमा महेश आचार्य, राजेश मानन्धर, किरण सिगुु, इन्द्र श्रेष्ठ, लक्ष्मी मास्के, सुरेम देशार, नगेन्द्रप्रसाद पौड्याल, रमेश कु“वर, दीपक कु“वर, सुष्मा श्रेष्ठ, ज्योति खड्का, जनक अधिकारी, चिरञ्जिवी भट्ट र मूर्तिकलातर्फ भुवन थापाका कला छन् ।
त्यस्तै, ‘अतिथि कलाकार’का रूपमा ललितकला क्याम्पसका पूर्वप्रमुख कृष्ण मानन्धर कलासमेत प्रदर्शनीमा हेर्न सकिन्छ ।
सन् २०१९ मा स्थापित लायन्स क्लब अफ काठमाडौं फाइन आर्टस्ले शुक्रबारबाट प्रदर्शनी थालेको हो ।

प्रदर्शनीमा क्लबका १३ सदस्य चित्रकार, मूर्तिकार एवं अग्रज कलाकार सहभागी रहेको क्लब कोषाध्यक्ष तथा प्रदर्शनी संयोजक लक्ष्मी मास्केले जानकारी दिइन् ।

ललितकला प्रदर्शनीमा राखिएका कलाकृति प्रकृति, संस्कृति र दृश्यपरक लाग्छन् । यीमध्ये रमेश कु“वरमा पर्यावरण तथा चरा सौन्दर्य, महेश आचार्यका चित्रमा हिमाल, ग्रामीण दृश्य र मठ–मन्दिर चित्रित छन् ।

यसैगरी, इन्द्र श्रेष्ठका चित्रमा सारंगी र संगीत संयोजन लोभलाग्दो देखिन्छ । प्रदर्शनी संयोजक लक्ष्मी मास्केका चित्रमा भगवान् श्रीकृष्ण र बाहन मयुर चित्रण गरिएका छन् ।

त्यस्तै, दीपक कुँवरको ‘कुमारी’ र ‘करुवा’ विषयका सांस्कृतिक चित्र सुन्दर लाग्छन् । ज्योति खड्काका चित्र हिमाली दृश्य तथा संरचनात्मक प्रस्तुतिका छन् ।

प्रदर्शनीमा किरण सिगुका चित्र फरक र पूर्ण परिकल्पनापरक सामाजिक–राजनीतिक विषय सम्बन्धित छन् । राजेश मानन्धर, सुष्मा श्रेष्ठ, जनक अधिकारी, चिरञ्जिवी भट्टका प्रस्तुति कलात्मक लाग्छन् ।

जनक अधिकारीको कला राजा वीरेन्द्रको मुहारचित्रमा खुलेको छ । सुरेम देशार र नगेन्द्रप्रसाद पौड्यालका चित्र अमूर्त शैलीका छन् भने मूर्तिकार भुवन थापाका मूति पनि अमूर्तसँगै महसुस हुन्छ ।

अग्रज कलाकार कृष्ण मानन्धरका चित्र प्रकृति र अमूर्त अभिव्यञ्जनामय छन् । प्रदर्शनी आगामी १५ वैशाखसम्म जारी रहने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ