जनकपुरको मेयरमा पुनः लाकिशोर शाह

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा पुनः लालकिशोर साहले उम्मेदवारी दिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले मनोनयन दर्ताअघि आज जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा चुनाव लड्न साहलाई टिकट दिएको हो ।

यसअघि २०७४ सालमा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधामको नगर प्रमुखमा निर्वाचित भएका थिए । राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बन्दा उनी उपेन्द्र यादवको पक्षमा गएका थिए ।

जनकपुरधाममा गठबन्धनबाट जसपाको कोटामा नगरप्रमुख परेको छ । उनको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै काङ्ग्रेसका नगर सभापति मनोज साहलगायत नेता÷कार्यकर्ताले सधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने