काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे ( अनुपम )को शब्द, संगीत रहेको छ। यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता बिस्ट फिचर्ड छन्। श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो। जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)






