लागु औषधसहित २ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ०५ बैदौलीबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

आज करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा फेला परेको हो ।

मोटरसाईकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम – १७५ एम्पुल, फेनारगन – १७५ एम्पुल र नुफिन – १७५ एम्पुल अवैध लागुऔषध फेला पारेकोले तत्काल मोटर साईकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेजिया वस्ने बर्ष २० को भोलु चौहानलाई प्रहरीले पक्राउ गरेको थियो । सोही मोटरसाईकल पछाडी सवार भारत जिल्ला गोरखपुर ग्राम गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुबै जना विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा