सर्वोच्चमा पुराना मुद्दाको कार्यबोझ घटाउ समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश विश्वम्भर श्रेष्ठको संयोजकत्वमा मुद्दा व्यवस्थापन समिति गठन गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले पुराना मुद्दाको न्यूनीकरणका लागि कार्ययोजना पेस गर्न न्यायाधीश श्रेष्ठलाई जिम्मा दिएको हो । अदालतमा वर्षौंदेखि मुद्दा सुनुवाइको पालो कुरिरहेको अवस्थामा त्यसको सुनुवाइ तथा न्यायालय सुधारका लागि कार्ययोजना पेस गर्न समिति गठन गरिएको हो ।

कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले समिति बनाएको हो । समितिका अन्य सदस्य भने तोकिएका छैनन् । मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायिक सुधार र बक्यौता मुद्दा न्यूनीकरणका विविध उपाय सुझाएर प्रस्तुत गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । ती विषयमा न्यायाधीशले आफ्ना धारणा राखेपछि फुल कोर्टले न्यायाधीश श्रेष्ठलाई ‘प्रस्तुतिमा उठेका सुधारका विषय व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानका लागि’ जिम्मेवारी दिइएको प्रवक्ता पौडेलले बताए ।

सर्वोच्च अदालत नियमावलीले मुद्दा व्यवस्थापन समितिको व्यवस्था गरेको छ । सो समितिको संयोजक प्रधानन्यायाधीशले तोकेको अदालतको न्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । समितिमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ, मुख्य रजिस्ट्रार, रजिस्ट्रार, महान्यायाधीवक्ताले तोकेको नायब महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनको अध्यक्ष वा एसोसिएसनले तोकेको पदाधिकारी र मुख्य रजिस्ट्रारले तोकेको अदलतको सहरजिस्ट्रार सदस्य सचिव रहने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा