आज देशका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हँुदै छ । नागरिकहरू निर्वाचनको माहौलमा रमाउने दिन हो आज । आज नागरिकले पाँच वर्षका लागि आफ्नो जनप्रतिनिधि छनोट गर्ने दिन पनि हो त्यसैले आजको विशेष महŒव छ । नयाँ संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुने दिन भएकाले पनि यो दिनले विशेष र अर्थपूर्ण महŒव राख्छ ।
आवधिक निर्वाचन लोकतन्त्रको महŒवपूर्ण आधार हो । त्यसमा पनि स्थानीय तहले संघीय शासन प्रणालीको संस्थागत विकासमा महŒवपूर्ण भूमिका खेल्ने भएकाले ती स्थानीय तहको नेतृत्व गर्ने व्यक्ति इमानदार, नैतिकवान् र असल हुनुपर्छ । आज नागरिकको काँधमा त्यस्ता व्यक्ति छनोट गर्नुपर्ने जिम्मेवारी आएको छ । उनीहरूले त्यस जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्नुपर्छ । नागरिकले निर्वाचनमार्फत दूधको दूध र पानीको पानी छुट्याउन सक्नुपर्छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको र शुक्रबार सबै नागरिक मतदान केन्द्रमा गएर निर्धक्क साथ आपूmलाई मन पर्ने व्यक्ति तथा दललाई भोट हाल्न आग्रहसमेत गरेको छ । उता सरकारले पनि निर्वाचनलाई प्रभावकारी, शान्तिपूर्ण तथा भयरहीत वातावरणमा सम्पन्न गराउन शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुपर्छ । निर्वाचनको पूर्व सन्ध्यामा विभिन्न जिल्लामा झडप भएका खबरहरू आइरहेका छन् । ताप्लेजुङ र रुकुममा गरी दुई जना युवाको हत्यासमेत भएको छ । यो हत्याको घटनाले शान्ति सुुरक्षामाथि ठूलो चुनौती थपिदिएको छ । गृह प्रशासन यो विषयमा संवेदनशील बन्न जरुरी छ । गृहमन्त्री केही दिनदेखि निर्वाचन आचारसंहिताविपरीत आफंै प्रचारप्रसारमा हिँडिरहेका छन् तर देशमा निर्वाचनको मुखमा शान्ति सुरक्षाको अवस्था बिगद्रै जादा उनीमा खासै चिन्ता देखिएको छैन यो दुःखद हो । त्यसैले गृहमन्त्रीले शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन सोहीअनुसार सुरक्षा रणनीति बनाएर त्यसलाई लागू गर्नुपर्छ ।
पाँच वर्षमा एकपटक आउने स्थानीय तहको निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै नागरिकले भाग लिनुपर्छ । सोहीअनुसार नागरिकको सहभागिता बढाउने दायित्व सरकारको पनि हो । मौसम प्रतिकूल हुने अवस्था देखिएको छ । तर, मौसम प्रतिकूल भए पनि सतर्क हुँदै विभिन्न उपाय अपनाएर भए पनि धेरैभन्दा धेरै नागरिकले मतदानमा भाग लिनुपर्छ । निर्वाचनलाई आफ्नो अनुकूल बनाउन विभिन्न खराब तŒवहरूले साम दाम दण्ड भेदको नीति अख्तियार गरिरहेका छन् । त्यस्तो नीति अपनाएर निर्वाचन जित्नेहरूले भोलिका दिनमा जनताको कुनै काम गर्ने छैनन् । उनीहरूको ध्यान भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेमा नै केन्द्रित हुन सक्छ । उनीहरूले जनताको कामलाई खासै प्राथमिकता दिने छैनन् । त्यसैले त्यस्ता व्यक्तिलाई कुनै पनि हालतमा भोट हालेर भोलि पछुताउने कार्य गर्नुहँुदैन । आजको सानो गल्तीले पाँच वर्षसम्म पछुताउनुभन्दा आज नै त्यस्तो गल्ती नगर्नू श्रेयस्कर हुनेछ । त्यसैले पैसा खर्च गर्नेहरूलाई जुनसुकै हालतमा पनि पराजित गर्नुपर्छ । जेहोस् निर्वाचनबाट आमजनताले असल र भोलिका दिनमा गाउँठाउँको विकासमा समर्पित हुन सक्ने नेतृत्व छनोट गर्न सकून् । निर्वाचनको परिणामपछि जनता जनार्दनले वास्तविक रूपमा विजयी भएको अनुभूति गर्न सकून । निर्वाचन पूर्णरूपमा सफल बन्न सकोस्, यही शुभकामना ।






