एन.आर.एस कर्पोरेट फुटसल हुने

एन.आर.एस प्रतिष्ठानले ७ जेठमा कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोश्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका ’boutमा जानकारी दिंदै संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले प्रतियोगितामा २३ टिमको सहभागिता हुने भएको बताए ।
प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्धेश्यिय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि., जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदुतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्स लगायत रहेका छन् ।
लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १ लाख, उपविजेताले नगद ५० हजार प्राप्त गर्ने संस्थापका श्रेष्ठले जनाएका छन् । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन् ।
एन.आर.एस खेलकुद प्रतिष्ठान खेलकर्मी निलेन्द्रराज श्रेष्ठ द्वारा स्थापित संस्था हो । उनी नेपाल ओलम्पिक कमिटीका महासचिव, राष्ट्रिय खेलकुद परिषद्को उच्च प्रदर्शन समिति सदस्य, नेपाल र दक्षिण एसियाली ट्राइयाथलन संघको अध्यक्ष समेत हुन् ।
श्रेष्ठले खेलाडी, प्रशिक्षक, आयोजक र उच्च खेलकुद अधिकारीका रुपमा पहिचान बनाएका छन् । विश्व ट्राइयाथलन र ओलम्पिक काउन्सिल अफ एसिया कमिसनका सदस्य समेत हुन् उनी । उनले आफ्नै पहलमा काठमाडौं म्याराथनको सुरुवात गरेका थिए । काठमाण्डौं म्याराथन सन २००७ देखि काठमाडौंमा मेगा इभेन्ट समेत हो ।
लगातार ९ वर्षदेखि दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको सुरुवात र आयोजना गर्ने श्रेय समेत उनलाई जान्छ । उक्त प्रतियोगिताले एसिया ट्राइयाथलनबाट मान्यता समेत पाएको छ । प्रतियोगिता अन्तर्गत पोखरामा दुई वटा एसियालीस्तरको ट्राइयाथलन कप आयोजना सम्पन्न समेत गरिसकेको छ ।

एक एथलीटको रूपमा उनी धेरै वर्षसम्म हाई जम्प र डेकाथलनमा राष्ट्रिय च्याम्पियन थिए र उनले सन १९८७ मा २० दिनमा तत्कालीन पश्चिम जर्मनीमा १००० किलोमिटर दौड सफलतापूर्वक दौड पुरा गरेका थिए ।

एन.आर.एस खेलकुद फाउन्डेसनको प्रमुख उद्धेश्य सबै लोकप्रिय खेलकुदहरू संस्थाले आफै वा साझेदारीमा आयोजना गर्नेका साथै नेपालमा खेलकुदको विकासमा योगदान पु¥याउने रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल