बिदाको दिन सरकारी गाडीमा सरर


बिराटनगर । विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन ।

नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । इन्धन खपत कम गर्न भन्दै सातामा दुई दिन बिदा दिने सरकारी निर्णयलाई पनि गिज्याएको छ । धनकुटामा सामान्य कर्मचारीदेखि कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइन्छ ।

एकैदिन ३५ सरकारी गाडी नियन्त्रणमा


बिदाको दिन सरकारी गाडी कुदाउँने कर्मचारीलाई सचेत गराउँने गरिएको भएपनि यो क्रम नरोकिएको धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरु बताउँछन् । ‘विदाको दिन सरकारी गाडी कुदाउनेहरुलाई सम्झाइबुझाई छोड्ने गरेका थियौं,’ धनकुटाका ट्राफिक प्रहरी हवल्दार दिपक खड्का भन्छन्, ‘माथिबाट कडाई गर्न निर्देशक आएकाले अब चै गाडी नियन्त्रणमा लिन थालेका छौं ।’

सरकारले इन्धनको खपत घटाउँन भन्दै सरकारी कर्मचारीलाई सातामा दुई दिन विदा दिन थालेको छ । शनिवार मात्र विदा हुँदै आएको भएपनि अब आइतवार पनि बिदा थप भएको हो । विदा बढ्दा सरकारी सवारी साधन कम प्रयोग भएर इन्धनको खपत घट्ने सरकारको अनुमान छ । तर, विदाको दिन हुँने सरकारी सवारीको दुरुपयोगले इन्धन खपत घट्नुको सट्टा उल्टै बढ्ने संकेत देखिएको छ ।
बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग बढेपछि प्रहरीले कडाई गर्न थालेको छ । पहिले विदाको दिन सरकारी गाडी कुदाउँनेलाई सचेत मात्र गराउँने गरिएको भएपनि शनिवारबाट त्यस्ता सवारीलाई नियन्त्रणमा लिन थालिएको हो ।

एकैदिन ३५ सरकारी गाडी नियन्त्रणमा

बिदाको दिन कुदाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले शनिवार ३५ वटा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । भेडेटार, हिले, सिधुवा र धनकुटा बजारबाट सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो ।

बिदाको दिन सरकारी सवारी साधन कुदाउन नपाउने प्रावधान भएकाले चेकिङमा कडाई गरेर सरकारी सवारी साधनहरु नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए । ‘विदाको दिन सरकारी गाडी कुदाउँन पाइदैन, कार्यालय प्रयोजनमा कुदाउँनै परे जिल्ला प्रशासनको पास लिएर मात्र कुदाउँनु पर्छ,’ डीएसपी दाहालले भने, ‘यसरी नियम विपरित विदाको दिन कुदाउँदै गरेको अवस्थामा सरकारी गाडीहरु नियन्त्रणमा लिएका छौं ।’

हिलेबाट १७, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटा बजारबाट एक/एक वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिए । नियन्त्रणमा लिइएका मध्ये चार चक्के गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल हुन् । विदाको दिन शनिवार सरकारी सवारी साधन कुदाउने कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारी फन्दामा परेका हुन् । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयले कारबाही प्रकृया अघि बढाउँने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 982 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ