शनिबार भोटो जात्रा

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ ।

विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलनअनुसार आगामी २१ जेठ शनिबार भोटो देखाउने जात्रा हुने कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

मत्स्येन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पु¥याइएको छ । । थतीटोलबाट जावलाखेलसम्म रथ तान्ने क्रममा गुरुज्युको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु भएको थियो । जावलाखेलसम्म रथ तानेर लैजाने क्रममा जीवित देवी कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराइएको थियो ।

रथलाई जावालाखेल पु-याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिएको थियो । रथ तानेको हेर्न पाटनका विभिन्न टोलका बासिन्दालगायत सुनाकोठी, ठेचो, चापागाउँ, लुभु, सानागाउँ, ठैव, हरिसिद्धि, बाँडेगाउँ, बुङ्मती, खोकना, लेलेलगायतका स्थानबाट भक्तजन पुगेका थिए । जाह्वला जात्रा अर्थात् जाउलाखेलमा रथ तान्ने पनि साइत निकालिने परम्परा छ । जसअनुसार बुधबारका लागि साइत निकालिएको थियो ।

मत्स्येन्द्रनाथका परम्परागत दुई ज्योतिषले गत बिहीबार थतिटोलबाट जावलाखेल पु¥याइने साइत निकालेपछि भोटो जात्राको पनि मिति जुरेको हो । मत्स्येन्द्रनाथको साइत हेर्ने ज्योतिषले साइत निकालेका हुन् । रथ जावलाखेल लैजान चार जनाले साइत हेर्नुपर्ने परम्परा भए पनि पछिल्लो समय दुई ज्योतिषले मात्र हेर्ने गरेका छन् ।

ती दुवै ज्योतिषले बिहीबार मणिमण्डपको सोह«खुट्टे पाटीमा बसेर साइत निकालेका हुन् । ५४९ सालदेखि सुरु भएको यो जात्राको साइत हेर्न विगत ८ सय वर्षअघिदेखि पाटनका ज्योतिषी जोशी परिवारलाई जिम्मा दिइएको थियो । यसअघि २८ वैशाखमा नरिवल खसाल्ने जात्रा मनाएपछि रातो मत्स्येन्द्रनाथको रथ महिलाहरूले तानेर थतीटोलको चौबाटो पु¥याएका थिए ।

भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको जात्रा सकिन्छ । भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा विभिन्न स्थानमा रथ परिक्रमा गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मीठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।

जात्राको किंवदन्ती
करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल भिœयाएको भनाइ चल्दै आएको छ ।

भोटो जात्राको कथा
परापूर्व कालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित भोटोसम्बन्धी विवाद मिलाउन हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका प्रमुखले ‘यो भोटो कसको हो ?’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ । परापूर्व कालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।

तपाइको प्रतिक्रिया
(Visited 724 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?