राजनितिमा युवा नेता

संविधानसभाबाट संविधान घोषणा भएपछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धि आउने आशाभरोसा नेपाली जनताले गरेका थिए । तर, सोचेजस्तो हुन सकिरहेको छैन । राजनीतिक अस्थिरता र अन्योलमय अवस्थामा विगतबाट आजित जनताले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा युवा नेतालाई रोजेका छन् । युवा नेतालाई मतदान गर्नुको मुख्य कारण नै उनीहरूमा केही राम्रा काम गर्ने अठोटकै कारण हो ।
पाका नेताको कार्यशैलीबाट आजित जनता युवा नेताबाट परिवर्तन हुनेमा विश्वस्त छन् । मुलुकलाई समृद्धि, सुशासन र सफल बनाउन उनीहरूले ।केही गर्छन्’ भन्ने विश्वास मतदानबाट प्रष्टै देखिन्छ ।

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामले राजनीतिक विश्लेषकका बुझाइमा यो निर्वाचनले राजनीतिक परम्परागत प्रवृत्तिमा हलचल पैदा गरेको छ । स्वतन्त्र उम्मेदवारहरू १३ पालिकामा प्रमुख र ३ सय ७२ जना उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष, सदस्यसहितका पदमा निर्वाचित भएपछि जनताको परिवर्तनको चाहना सतहमा आएको बहससमेत सुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार यसपटक निर्वाचित एक तिहाइभन्दा बढी जनप्रतिनिधि युवा छन् । युवा परिषद् ऐन २०७२ का अनुसार १६ देखि
४० वर्ष उमेर समूहका मानिस युवावर्गमा पर्छन् ।

२१ वर्षदेखि ४० वर्ष उमेरसम्मका ४१.१९ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनबाट युवा र स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुले नेपाली राजनीतिमा परिवर्तनको संकेत गरेको देखिन्छ । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले ठूला दलका उम्मेदवारलाई पछि पार्दै विजयी भएका छन् । देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका प्रमुखदेखि, सुनसरी, हुम्ला, बझाब, मुगु, डोल्पाजस्ता दुर्गम क्षेत्रमा गाउँपालिका सदस्यसम्म विभिन्न पदमा गरी ३ सय ८५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
यी स्वतन्त्र निर्वाचितमा केहीबाहेक प्रायः युवा समूहका नेता छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, सुनसरी
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाब) प्रमुखमा निर्वाचित भएका छन् । यी युवापुस्ताका नेता कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुले स्थानीय तहमा परिवर्तनको संकेत नेपाली जनताले पाएका छन् । राजनीतिक विश्लेषक चन्द्रकिशोर युवा जनप्रतिनिधि संख्या उत्साहजनक रहेको भन्दै उनीहरूबाट राम्रो काम हुने धेरै आधार रहेको बताउँछन् । जनप्रतिनिधिको ठूलो हिस्सामा युवा निर्वाचित भएसँगै मतदाताले युवा रुचाएको देखाउने निष्कर्ष उनको छ ।


स्थानीय तह निर्वाचनमा मतदाताले युवालाई प्रोत्साहित गरेको देखिन्छ । धेरै ठाउँमा युवालाई स्थानीय तहको नेतृत्व र जिम्मेवारी सुम्पिएकोबाट त्यो स्पष्ट रूपमा देख्न सकिन्छ । यसले आगामी दिन स्थानीय तहमा परिवर्तनको संकेत पनि गरेको छ,’ चन्द्रकिशोरको विश्लेषण छ । अर्को कुरा निर्वाचनमा जनताले स्थानीय एजेन्डा र समस्या उठाउने उम्मेदवार रुचाएका छन् । कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारको जीत यसैको उदाहरण भएको उनी बताउँछन् । सहरी र शिक्षित मतदाताले विद्रोही र स्वतन्त्र उम्मेदवार रोजेर परिवर्तन रोजेको विश्लेषणसमेत भइरहेको छ ।

यो राजनीतिक दललाई एक किसिमको शिक्षा पनि हो । यसबाटपार्टीका नेता नसच्चिए अर्को निर्वाचनमा परिवर्तनक्रम बढ्दै जाने संकेत मतदाताले दिएका छन्,’ चन्द्रकिशोर भन्छन् । विगतमा दलले गर्ने बाचा र कार्यान्वयनमा तादात्म्य नमिलेको नागरिकको गुनासोकै कारण पनि कतिपय स्वतन्त्र युवा निर्वाचित भएका हुन् । त्यसले गर्दा पनि यसपटक धेरै ठाउँमा मत परिणाम अनपेक्षित आएको र अपत्यारिला
ठानिएका व्यक्तिलाई मतदानसमेत गरिएको हो । स्थानीय शासन विज्ञ डा. श्यामकृष्ण भुर्तेल अनपेक्षित उम्मेदवार निर्वाचित
हुँदा त्यसले स्थापित दललाई नै झस्काएको भन्दै नयाँ जनप्रतिनिधिमाथि चुनौती र अवसर दुवै रहेको बताउँछन् । यो मत परिणामले दलकै

वा स्वतन्त्र जनप्रतिनिधिलाई काम गरेर देखाउनुपर्ने दबाब बढेको भुर्तेलको निष्कर्ष छ ।

यिनीहरू (युवा जनप्रतिनिधि) परामर्श लिन्छन्, समूह बनाउँछन् र संवेदनशील हुन्छन् ’cause उनीहरूलाई आफ्नो करिअर अघि बढाउनुछ । त्यसैले उनीहरूको कार्यसम्पादन अपेक्षाकृत राम्रो हुन्छ होला,’ भुर्तेल भन्छन् । राजनीतिक विश्लेषक कुर्वान हवारीले
स्थानीय तह निर्वाचनअघि युवा नेताले धेरैजसो व्यवहारिक योजना अघि सारेकाले त्यसको कार्यान्वयनसमेत सम्भव हुने विश्वास राख्छन् ।
।।।पहिलाका उम्मेदवारले धेरैजसो भोट लिनका लागि भद्दाखाले र गर्न नसकिने प्रतिबद्धता जनाएकाले जनता वाक्क छन् । घोषणापत्रमा एउटा कुरा हुने तर उनीहरूको कार्यशैली ठीक त्यसविपरित हुने गरेको हामीले देखेकै छौं,’ हवारी भन्छन्, ।।।तर, अहिलेका युवाले
गर्न सकिने साना योजना ल्याएका छन्, उनीहरूमा सो योजना पूरा गर्ने जोशजागरसमेत रहेको देखिन्छ ।’

युवा नेताले अध्ययन र अनुसन्धान गरेर आएका छन् । तिनीहरू आर्थिक रूपमा पनि सम्भव हुने कुरा गरेका छन् । सोही कारण
आफूहरूले घोषणापत्रमा उल्लेख गरेका योजना पूरा गर्ने र गर्न नसकिए खबरदारी गर्न उनीहरूले अपिलसमेत गरेको
उनले औंल्याए । तर, राजनीति दलका राजनीतिक चाल, निहित स्वार्थजस्ता कुराले उनीहरूको काममा बाधा पार्न सक्ने बताउँदै हवारी युवा नेताले त्यस्ता कुरासँग समेत जुधनुपर्ने बताउ“छन् । निर्वाचित भएपछि कतिपय दलका जनप्रतिनिधिले कमाउने, भ्रष्टाचार गर्ने, कानुनविपरितका काम गर्ने विगतमा पनि भएकै हो र आउने दिनमा समेत यस्ता गतिविधि हुनसक्ने भएकाले सचेत हुन आवश्यक देखिन्छ । फरक दलका प्रमुख वा उपप्रमुख हुनु वा स्वतन्त्रबाट प्रमुख पदमा पुग्दा उनीहरूलाई दलबाट निर्वाचित हुनेले काममा बाधा पु¥याउने प्रयास गर्न सक्ने हवारीको निष्कर्ष छ ।

यस्तो अवस्थामा भण्डाफोर गर्दै अघि बढनुपर्नेमा उनी जोड दिन्छन् । दलबाट समेत युवा बर्चस्व स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचितमध्ये १४ हजार ५६ २१–४० वर्ष उमेर समूहका अर्थात् ४१.१९ प्रतिशत छन् । उम्मेदवारी दिने पनि ४१ प्रतिशत युवापुस्ताकै नेता थिए । यो उमेर समूहबाट निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रको ४८.८३ प्रतिशत छन् । माओवादीका ४ हजार ९ सय ५१ जनप्रतिनिधि निर्वाचित भएकामा ४० वर्षसम्मका २ हजार ४ सय १८ जना अर्थात् ४८.८३ प्रतिशत छन् । यो संख्या अन्य दलको भन्दा बढी हो। नेकपा एकीकृत समाजवादीका ९ सय ४१ निर्वाचित भएकामा युवा ३ सय ९० जना अर्थात् ४१.४४ प्रतिशत छन् । कांग्रेसले १३ हजार ३ सय ४ जनाले जितेकामा २१–४० वर्ष समूहका ५ हजार ४ सय ४९ अर्थात् ४०.९५ प्रतिशत छन् । एमालेले ११ हजार ४ सय ५१ जना जितेकामा २१–४० वर्ष समूहका ४ हजार ५ सय ७२ अर्थात् ३९.९२ प्रतिशत छन् ।

माओवादी केन्द्रबाट सबैभन्दा बढी युवा निर्वाचित भएका छन् । बढी युवा विजयी हुनेमा दोस्रोमा एकीकृत समाजवादी, तेस्रोमा कांग्रेस
र चौथोमा एमाले रहेको छ । यो तथ्यांकले राजनीतिक दलमा युवानेताको बर्चस्व र प्रवेश हस्तक्षेपकारी हुने देखाउँछन् । आगामी दिन पाका नेता आफैं राजनीतिबाट संन्यास लिनुपर्ने, नलिए यही युवाले चाहयो भने हस्तक्षेपसमेत गर्न सक्ने प्रबल सम्भावना छ । २१–४० उमेर समूहका निर्वाचित जनप्रतिनिधि १४ हजार ५६ र ४१–९४ वर्षका १९ हजार ८ सय २ जना छन् । ३१–४० वर्ष समूहका १० हजार ७ सय ८ जना छन् ।

त्यस्तै, ४१–५० वर्ष समूहका निर्वाचित जनप्रतिनिधि १० हजार ७ सय ७८ जना छन् । ५१–६० वर्ष समूहका जनप्रतिनिधि ६ हजार ८
सय ३३, ६१–७० वर्ष उमेर समूहका १ हजार ९ सय ५९ निर्वाचिन भएका छन् । ७१ देखि ८० वर्षका जनप्रतिनिधि २ सय २३, ८१ देखि ९४ वर्षका १५ जना निर्वाचित भएका छन् । ९४ वर्षका दुई जना निर्वाचित

तपाइको प्रतिक्रिया
(Visited 723 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३